News Portal

  • ‘संघीय शिक्षा ऐनले लाखौं शिक्षकहरुलाई बेरोजगार बनाउँदैछ’

    भक्तपुरपोष्ट संवाददाता१८ माघ २०७६
    ६३६ पटक
    १८ माघ २०७६

    काठमाडौं । नेपाल कम्युष्टि पार्टीका नेता लिलामणि पोखरेलले शिक्षक र विद्यालय कर्मचारीमाथि विभेद रहँदासम्म मुलुक समृद्ध नबन्ने बताएका छन् । समृद्ध नेपालको आधार समाजवादी गुणस्तरीय शिक्षा भएकाले गुणस्तरीय शिक्षा सुधारका लागि शिक्षकमा लगानी हुनुपर्ने उनको भनाइ थियो ।

    शनिवार काठमाडौं थानकोटमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको बनभोज तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पोखरेलले समाजको वस्तुगत अध्ययन बिना शिक्षाको समाजवादी मोडालिटी तय गर्न नसकिने बताए । पोखरेलले थुप्रै शिक्षकहरु प्रधानमन्त्री र मन्त्री बनेपनि शिक्षकहरुका समस्या ज्यूकात्यू रहनु  दुखद भएको बताए ।

    नेकपाका अर्का नेता मणि थापाले एउटा शिक्षकले ३६ वर्ष पढाएर रित्तो हात घर फर्किनुपर्ने तर कार्यकर्ताले पाँच वर्ष राजनीति गर्दा करोडौं कमाउने परिपाटी अन्त्य हुनुपर्ने बताए ।

    शिक्षकहरु उपयोगका साधन नभएका भन्दै थापाले  नेपालको शैक्षिक आन्दोलन अझै नसकिएको दाबी गरे । नेता थापाले भने, ‘शिक्षकहरुको जागरण बिना समाजवादी शिक्षा प्रणाली स्थापित गर्न सकिँदैन। त्यसका लागि शिक्षकहरुको राजनीतिक जागरण र आन्दोलन जरुरी छ ।’

    बनभोज कार्यक्रममा बोल्दै एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले जनयुद्ध र जनआन्दोलनमा  शिक्षकहरुले ठूलो बलिदानी गरेपनि शिक्षकलाई गणतन्त्रमा पार्टीको सदस्य हुन बञ्चित गरिनु सही नभएको बताए ।

    आन्दोलनका बेला शिक्षक नै चाहिने तर राजनीतिक परिवर्तनपछि नचाहिने, के हामी पार्टीका उपयोगका साधन मात्र हुन् प्रश्न गर्दै अधिकारीले राज्यले शिक्षक माथिको दमन अन्त्य गर्नुपर्ने बताए ।

    शिक्षा मन्त्रालयले ल्याउन लागेको संघीय शिक्षा ऐन शिक्षक विरोधी भएको आरोप लगाउदै उनले भने–’संघीय ऐनले लाखौं शिक्षकहरुलाई बेरोजगार बनाउँदैछ। शिक्षकहरुले भविष्य नै धरापमा पारिदिएको छ । यो हामी मान्न सक्दैनौं ।’


    कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका पूर्व अध्यक्ष रत्न वलीले इसिडि, राहत शिक्षक र विद्यालय कर्मचारीको माग तत्काल सम्बोधन हुनुपर्ने बताए ।

    यस्तै, नेपाल शिक्षक महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीले सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐन शिक्षक वर्गको अधिकार विपरित आउन लागेको आरोप लगाउँदै शिक्षक महासंघको सहमति बिना आएको ऐन आफूहरुलाई अमान्य भएको जिकिर गरे ।

    इसिडि, राहत, उमावि, द्वन्द्वपीडित, निजी विद्यालयमा कार्यरत शिक्षक एंव विद्यालय कर्मचारकिो जायज माग पुरा गराउन महासंघले निरनतर शिक्षा मन्त्रालयसँग वार्ता जारी राखेको पनि दवाडीले स्पष्ट पारे ।

    कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका महासचिव निमबहादुर केसी, कोषाध्यक्ष कुलप्रसाद खतिवडा, संगठनका बाग्मति प्रदेश महासचिव भिमप्रसाद पोखरेललगायतले शिक्षकहरुमाथिको विभेद अन्त्य हुनुपर्ने विषयमा धारणा राखेका थिए । बनभोज कार्यक्रममा शिक्षकहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    स्पा सेन्टरका संचालक पौडेल पक्राउ

    रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका...

    भक्तपुर नगरपालिकाले सम्पूर्ण लागत आफै व्यहोर्ने गरी बनाउँदैछ थन्थु दरवार

    पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाड्डको नेत्रित्वामा आएको एक टोलीले भक्तपुर नगरपालिकाको पुरानो नगरपालिका भवन रहेको...

    भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प

    भक्तपुरमै केन्द्रबिन्दु गरी भूकम्प गएको छ । भक्तपुरको पलाँसे आसपास केन्द्रबिन्दु भएर मंगलवार राति करिब...

    गीत संगीतले संदेश दिन सक्नुपर्छ : सुनिल प्रजापति

    sunil prajapati bhaktapur

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गीत संगीतले समाजलाई संदेश दिन सक्नुपर्ने प्रष्ट पारेका छन् ।...

    अन्नको सम्मान गर्ने पर्व ‘सकिमना पुन्ही’ सम्पन्न

    sakimana punhi

    अन्नको सम्मान गर्ने पर्वको रुपमा सकिमना पुन्ही सम्पन्न भएको छ । विशेषगरी नेवा समुदायले मनाउने...