News Portal

  • यस्ता छन् नेकपा बैठकमा पारित ११ प्रस्ताव

    भक्तपुरपोष्ट संवाददाता१९ माघ २०७६
    ९४८ पटक
    १९ माघ २०७६

    काठमाडौं। बुधबारबाट सुरु भएको नेकपा केन्द्रीय समिति बैठकमा पेश भएका विभिन्न ११ प्रस्ताव पारित भएका छन्। केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले समसामयिक विषयका ११ प्रस्ताव पारित गरेको हो।

    ‘यो बैठक काठमाडौंको मदननगर बल्खुस्थित आफ्नै जमिनमा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने केन्द्रीय सचिवालयका निर्णयलाई स्वागत गर्दछ’, पारित ११ औं प्रस्तावमा भनिएको छ, ‘देशको प्रमुख पार्टीको हैसियतले प्रभावकारी कार्यसम्पादन गर्न अनुकुल हुनेगरी आगामी तीन महिना भित्र पार्टीको केन्द्रीय कार्यालय भवन शिलान्यास गर्ने निर्णय गर्दछ। उक्त कार्यालय भवन निर्माण गर्न पार्टीका सम्पूर्ण सदस्यको न्यूनतम एक दिनको तलब वा आम्दानी बराबरको हयोग गर्न र शुभेच्छुकलाई दिलखोलेर सहयोग गर्न हार्दिक अपिल गर्दछ।’

    बैठकले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने, एमसीसी विवाद समाधान गर्न समिति गठन गर्ने, बैठकमा पेश राजनीतिक र संगठनात्मक प्रतिवेदन पारित गर्ने निर्णय गरेको हो । केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो ।बुधबारदेखि राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा सुरु भएको केन्द्रीय समिति बैठकले आइतबार राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो। बुधबार बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

    सँगै नेकपा केन्द्रीय कमिटीबाट महासचिव विष्णु पौडेलले पेश गरेको संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्तावसमेत सर्वसम्मतिले पारित भएको छ । सँगै बैठकले सचिवालय सदस्य बामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।त्यसैगरी नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद समाधान गर्न समिति गठन गर्ने प्रस्ताव पारित गरेको हो । बैठकमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी विवाद समाधान लागि समिति गठनको प्रस्ताव गरेका थिए । बैठकमा अधिकांश केन्द्रीय सदस्यले एमसीसीको विरोध गरेपछि अध्यक्ष प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन्।

     

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...