News Portal

  • कोरोनाभाइरसको सङ्क्रमण भएपछि मानिसको शरीरमा के हुन्छ ?

    भक्तपुरपोष्ट संवाददाता२० माघ २०७६
    १३९९ पटक
    २० माघ २०७६

    नयाँ कोरोनाभाइरसविरुद्धको सङ्घर्ष चिकित्सकहरूका लागि अनिश्चिततातर्फको यात्रा भइरहेको छ। यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छ? यसका लक्षणहरू के हुन्? सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा को हुन्छ? यसको उपचार कसरी हुन्छ?

    महामारीको सबैभन्दा ठूलो मार झेलिरहेको चीनको वुहानस्थित एउटा अस्पतालले यसबारे उत्तर दिन थालेको छ। त्यहाँ उपचार गरिएका सुरुका ९९ बिरामीको विस्तृत समीक्षा लान्सिट मेडिकल जर्नलमा प्रकाशित भएको छ।

    ती सबै ९९ बिरामीलाई अस्पताल लगिँदा निमोनियाको सङ्क्रमण देखिएको थियो।

    अन्य लक्षण यस्ता थिए:

    ८२ जनालाई ज्वरो आएको थियो
    ८१ जनालाई रुघाखोकी लागेको थियो
    ३१ जनाको श्वासप्रश्वासमा समस्या भएको थियो
    ११ जनालाई मांसपेशी दु:ख्ने समस्या थियो
    ९ जनामा मिश्रित समस्या देखिएको थियो
    ८ जनालाई टाउको दु:खेको थियो
    ५ जनाको घाँटीमा सङ्क्रमण भएको थियो

    प्रारम्भिक मृत्यु

    ज्यान गुमाउने प्रथम दुई बिरामी लामो समयदेखि धूमपान गर्ने व्यक्ति भए पनि झट्ट हेर्दा सामान्य देखिन्थे। तर चुरोटले उनीहरूको फोक्सो कमजोर बनाएको हुन सक्छ। तीमध्ये ६१ वर्षीय पुरुषलाई अस्पताल ल्याइँदा गम्भीर अवस्थाको निमोनिया भएको थियो। उनको फोक्सोले शरीरमा पर्याप्त अक्सिजन प्रवाह गर्न सकेको थिएन।

    भेन्टिलेटरमा राख्दा पनि उनको फोक्सोले काम गर्न सकेन र उनले सास फेर्न छाडे। अस्पताल भर्ना भएको ११ दिनपछि उनको मृत्यु भयो। अर्का बिरामी ६९ वर्षीय पुरुष थिए। उनलाई सास फेर्न गाह्रो भएको थियो। उनलाई एउटा कृत्रिम फोक्सोको सहायतामा राखियो।

    गम्भीर निमोनिया र शरीरभरि सङ्क्रमण फैलिएपछि रक्तचाप ह्वात्तै घट्यो र उनको मृत्यु भयो।

    कम्तीमा १० प्रतिशतको मृत्यु

    ज्यानुअरी २५ सम्ममा ती ९९ बिरामीमध्ये
    ५७ जना अझै अस्पतालमा छन्
    ३१ जना घर फर्केका छन्
    ११ जनाको मृत्यु भएको छ

    त्यसको अर्थ यस रोगको मृत्युदर ११ प्रतिशत हो भन्ने चाहिँ होइन। अस्पतालमा भएका केहीको अझै ज्यान जान सक्छ भने सामान्य लक्षण देखिएका धेरै मानिस

    कोरोनाभाइरसको प्रकोप

    वुहानमा पहिला पुष्टि भएका ४२५ सङ्क्रमणमा आधारित

    ५९ वर्षसङ्क्रमित व्यक्तिको औसत उमेर

    ८९%सङ्क्रमण भएको कम्तीमा पाँच दिनसम्म अस्पताल भर्ना भएनन्

    ५६%सङ्क्रमित व्यक्ति पुरुष

    ५५%नयाँ वर्षअघि भएका सङ्क्रमणको समुद्री खाद्यपदार्थसँग सम्बन्ध

    बजारसँग सम्बन्ध

    यो नयाँ भाइरसलाई 2019-nCoV नामकरण गरिएको छ। ह्वानेनस्थित एउटा समुद्री खाद्यपदार्थ बजारमा जिउँदै बेच्न राखिएका जीवबाट उक्त भाइरस फैलिएको अनुमान छ। सङ्क्रमण भएको पहिला पुष्टि भएका ९९ जनामध्ये ४९ जनाको उक्त बजारसँग प्रत्यक्ष सम्बन्ध थियो।

    दुई जना सामान किन्न गएका ग्राहक थिए भने ४७ जना त्यहीँ काम गर्थे।

    अधबैँसेहरू धेरै प्रभावित

    ती ९९ बिरामीमध्ये धेरैजसो अधबैँसे थिए। उनीहरूको औसत आयु ५६ थियो र ६७ जना पुरुष थिए। यद्यपि द चाइना सेन्ट्रर्स फर डीजिज कन्ट्रोल एन्ड प्रिभेन्शनले प्रकाशित गरेको एउटा विवरणले १.२ पुरुष प्रभावित हुँदा १ महिला प्रभावित हुने देखाएको छ।

    यसले दिने सन्देश यस्ता हुन सक्छन्:

    पुरुषहरू सबैभन्दा बढी प्रभावित हुन सक्छन्। त्यसैले उनीहरूलाई अस्पतालमा उपचार गरिनुपर्छ
    सामाजिक र सांस्कृतिक कारणले गर्दा प्रकोपको आरम्भमा पुरुषहरू भाइरसको सङ्क्रमणमा धेरै परेका हुन सक्छन्

    पुराना बिरामी

    ती ९९ जनामध्ये धेरै जना पहिले नै अन्य केही रोगबाट पीडित थिए। त्यसैले कमजोर प्रतिरक्षा प्रणालीका भएको हुनाले भाइरसको सङ्क्रमण भएको हुन सक्छ।

    ४० जनाको मुटु कमजोर थियो वा रक्तनलीहरू बिग्रिएका थिए। उनीहरू हृदयरोग र स्ट्रोकजस्ता समस्याबाट पीडित थिए
    १२ जनामा मधुमेह थियो


    विविसीबाट

    प्रतिकृया दिनुहोस्

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...

    सिडिओ छोडेर भक्तपुरको प्रमुख प्रशासकीय अधिकृतमा भट्टराई

    निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन्...

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...