News Portal

  • रोल्पाको माडिचौरमा कृषि क्याम्पस,सिचाईमन्त्री पुनले गरे उद्घाटन

    भक्तपुरपोष्ट संवाददाता२० माघ २०७६
    ८७९ पटक
    २० माघ २०७६

    रोल्पाको माडिचौरमा कृषिमा स्नातक क्याम्पस सुरु भएको छ । उक्त क्याम्पसको उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले सोमवार उद्घाटन गरेका हुन् ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको सो क्याम्पसमा हाल कृषि विषयमा ४ वर्षे स्नातक कार्यक्रम सुरु गरिएको छ । क्याम्पसमा ५८ जना विद्यार्थीले अध्ययन गर्ने भएका छन् ।

    उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री पुनले विकासको मुल आधार प्राविधिक शिक्षा भएको औल्याएका थिए । प्राविधिक तथा व्यवसायिक शिक्षाले रोजगारी सिर्जना गर्ने वताउदै कृषि प्रधान देशमा कृषि विषयको अध्यापन जरुरी रहेको विचार व्यक्त गरे । विगतमा शिक्षाले ठूलो मात्रामा वेरोजगार जनशक्ति मात्रै उत्पादन गरेको वताउदै प्राविधिक शिक्षाले स्वरोजार वन्न सहयोग गर्ने वताए ।

    रोल्पा नगरपालिका वडा नं. ७ माडीचौरमा रहेको उक्त क्याम्पस हाल नगरपालिकाको भवनमा संचालनमा आउनेछ । आगामी दिनमा क्याम्पसलाई भौतिक रुपले सम्पन्न वनाईने मन्त्री पुनले सो अवसरमा वताएका थिए । क्याम्पसको दर्ता श्रेष्ता कायम हुने गरि केही सशुल्क र केही निशुल्क जग्गा खरिद भईसकको छ ।

    क्याम्पसका रोल्पा जिल्लाको स्थानीय कोटाको रुपमा २, प्रदेश ५ र कर्णाली प्रदेशलाई १०/१० कोटा आरक्षण गरिएको सो अवसरमा जानकारी गराइएको थियो ।

    क्याम्पसका डिन प्राध्यापक जयप्रकाश भट्टका अनुसार हाल सम्म ५४ जना विद्यार्थी भर्ना भईसकेका छन । क्याम्पसको फाल्गुन पहिलो सातावाट पठन पाठन सुरु हुने भएको छ । उद्घाटन कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीमगर, प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेल, जिसस प्रमुख राजबहादुर बुढा लगायतको आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...