News Portal

  • आज वर्षासँगै हिमपातको सम्भावना

    भक्तपुरपोष्ट संवाददाता२१ माघ २०७६
    १०८३ पटक
    २१ माघ २०७६

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पहाडी क्षेत्रका केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

    आज देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागका सामान्यतया सफा रहने छ । भने राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यस्तै, भोलि बुधबार भने दिउँसोमा देशका पहाडी भ–भागमा आंशिक बदली रहनेछ भने बाँकि भू–भागका सामान्यतया सफा रहने छ । राती भने देशका पुर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकि भू–भागका सामान्यतया सफा रहने छ । देशको पुर्वी पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

    प्रतिकृया दिनुहोस्

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...

    शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने

    नेकपा(माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको भक्तपुर नगर समितिले नि:शुल्क दन्त शिविर...

    पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विष्टलाई पितृशोक

    नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. महेन्द्र विष्टलाई पितृशोक...