News Portal

  • चीनबाट फर्केका नेपालीलाई खरिपाटीस्थित तालीम केन्द्रमा राख्ने तयारी, स्थानीय त्रसित

    भक्तपुरपोष्ट संवाददाता२२ माघ २०७६
    ८१७ पटक
    २२ माघ २०७६

    काठमाडौँ । सरकारले चीनबाट फर्किने नेपालीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयारी गरेपछि स्थानीयहरु त्रसित बनेका छन् ।

    मङ्गलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सुरक्षा निकायका प्रमुखहरूको बैठकले खरिपाटीलाई सम्भावित स्थलका रूपमा छनोट गरेको हो । अन्तिम निर्णय गर्न भने बाँकी रहेको स्रोतले जनाएको छ ।

    बैठकले तालिम केन्द्रको पूर्वाधार र अन्य वस्तुस्थितिबारे निरीक्षण गरेर अन्तिम टुङ्गो लगाउने निर्णय गरेको स्रोतको दाबी छ । स्वास्थ्य र भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीले निरीक्षण गरेपछि यसको अन्तिम निर्णय गरिने जनाइएको छ ।

    कोरोना भाइरसको सङ्क्रमण फैलिएको चीनको हुबेइ प्रान्तमा रहेका १ सय ८० विद्यार्थीलाई नेपाल फर्काउने तयारी पुरा भइसकेको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।

    उता, चीनबाट फर्किने नेपालीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयारी गरेपछि स्थानीय बासिन्दा भने त्रसित बनेका छन् । यसले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै उनीहरुले चिन्ता जाहेर गरेका हुन् ।चीनबाट फर्केका नेपालीलाई भक्तपुर मानै किन राख्नुपर्ने, अन्य सुरक्षित स्थानमा राख्दा हुँदैन, एक स्थानीयले भने ।

    चीनबाट नेपाली विद्यार्थीहरुलाई उद्धारलगत्तै विमानस्थलको प्रवेश बिन्दुदेखि सम्भावित जोखिमको पहिचान गर्दै एकान्तमा राखिने छ। हुवेइ प्रान्तमा झन्डै २ सय नेपाली विद्यार्थी छन्।

    टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, छाउनीस्थित नेपाल आर्मी अस्पताल, नेपाल प्रहरीको अस्पताल र भक्तपुर खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयरी भइरहेको बुझिएको छ ।दूतावास उपनियोग प्रमुख सुशील लम्सालकका अनुसार शनिबारसम्म हुबेई प्रान्तका ११ विश्वविद्यालयका १ सय ८८ जना नेपाली सम्पर्कमा आइसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...