News Portal

  • कांग्रेसको प्रश्नः माधव नेपालको निर्णय, गच्छदारलाई मुद्दा ?

    भक्तपुरपोष्ट संवाददाता२२ माघ २०७६
    ७६३ पटक
    २२ माघ २०७६

    काठमाडौं ।  नेपाली कांग्रेसले ललिता निवास प्रकरणमा जोडिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई उन्मुक्ति दिएर एक जना मन्त्री विजय गच्छदारलाई मुद्दा चलाएकोप्रति असन्तुष्टि जनाएको छ।

    बुधबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारमा रहेको ललिता निवासको जग्गा व्यक्तिका नाममा पारेर अर्बौ भ्रष्टाचार गरेको भन्दै तत्कानीन उपप्रधान तथा भौतिक पुर्वाधार मन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेसले यस्तो प्रतिक्रिया दिएको हो।

    अख्तियारले दायर गरेको मुद्दामाथि प्रतिक्रिया जनाउँदै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्रीको निर्णयलाई सिरानीमुनी राखेर एक मन्त्रीलाई मुद्दा चलाएको टिप्पणी गरेका छन्।

    उनले ट्विट गर्दै भनेका छन्, ‘श्री माधवकुमार नेपालको पालामा नीतिगत निर्णय, एक पूर्वमन्त्री कमरेडको सिरानीमुनि लालपूर्जा। मुद्दा कसलाई? विजय गच्छदारलाई?’

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...