News Portal

  • पत्रकारले लाइसेन्स लिनुपर्ने बुँदा हटाएर मिडिया काउन्सिल विधेयक पारित

    भक्तपुरपोष्ट संवाददाता२३ माघ २०७६
    ८४७ पटक
    २३ माघ २०७६

    काठमाडौं । राष्ट्रिय सभाको बैठकबाट मिडिया काउन्सिल विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पेश गरेको प्रस्तावअनुसार सर्वसम्मत रुपमा विधेयक पारित भएको हो ।

    यद्यपि, विधियकमा उल्लेख गरिएको पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्नेसम्बन्धी बुँदा भने विधेयकबाट हटाइएको छ ।विधेयकमाथिको छलफलका क्रममा विधायन व्यवस्थापन समितिले पत्रकारले लाइसेन्सको परीक्षा दिनुपर्ने बुँदा थपेको थियो ।

    तर, बिहीबारको बैठकमा राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले उक्त बुँदा हटाएर विधेयक संशोधन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।संशोधन प्रस्तावमा सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले पनि समर्थन जनाएका थिए । बाँस्कोटाको समर्थनपछि विधेयकबाट पत्रकारले लाइसेन्सको परीक्षा दिनुपर्ने बुँदा हटाउने संशोधन प्रस्ताव पारित भयो ।

    कार्य व्यवस्था परामर्श समितिको बैकठले मिडिया काउन्सिल विधेयकबाट पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर राष्ट्रिय सभामा पेश गर्ने सहमति गरेको थियो । सबै पक्ष सहमत भएको भन्दै मन्त्री बास्कोटाले खुसी प्रकट पनि गरे ।

    पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था आफैँमा नराम्रो नभएको पनि मन्त्री बास्कोटाले बताए ।

    ‘सेकेण्ड सेकेण्डमा परीक्षण हुने कुरा र परीक्षणभित्रै जीवन निरन्तरता वा मृत्युको संभावना बोकेको क्षेत्रलाई आफैँ कम्पिटिटिभ छ भने त्यो व्यवस्था (लाइसेन्स) किन त ? भन्ने कुरा हो । विश्वविद्यालयबाट आउने कुरा भयो’ पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था झिक्नुको कारण दिँदै मन्त्री बास्कोटाले भने ।‘यद्यपी, पत्रकारले लाइसेनस लिनुपर्ने व्यवस्था आफैंमा भने नराम्रो नरहेको उनले बताए । पेशागत शुद्धता र मर्यादाका लागि यो विषय उठेको थियो’ मन्त्री बास्कोटाले भने ।

    सांसद राधेश्याम अधिकारीले परीक्षाको विषयमा विधायन समिति मै असहमति दर्ता भएको उल्लेख गरेका थिए । ‘पत्रकार हुनका लागि परीक्षा लिएर लाइसेन्स लिनुपर्ने भन्ने कुरा जब आयो हामीले त्यो उपयुक्त छैन भनेर भन्यौं । पत्रपत्रिका, रेडियो टिभीमा काम गर्ने पत्रकारहरुको हरेक दिन परीक्षा परीक्षण भइरहेको हुन्छ । परीक्षा लिने प्रावधान हटायो भने अरु विषयमा कुनै आपत्ति छैन’, उनले भने ।

    समितिमा लाइसेन्स परीक्षा लिने व्यवस्था गर्नुपर्ने संशोधन राखेका नेकपा सांसद ठगेन्द्र प्रकाश पुरीले भने परीक्षा लिने व्यवस्था हटाउने प्रावधानले विधेयक शरीर, आत्मा र अनुहार लिएर सदनमा प्रवेश गरेको भए पनि शरीर र आत्मा कायम राखेर अनुहार पुरै परिवर्तन भएको बताए । ‘व्यवसायिक पत्रकारिताका लागि मौजुदा कानूनहरु ‘भगवान सत्य’ हो भन्ने लयमा रहेका छन् । हामीले बनाउन खोजेको कुरा ‘सत्य भगवान हो’ भन्न खाजेका हौं’ उनले भने ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...