News Portal

  • मध्यरातमा सिन्धुपाल्चोकको खाल्डे प्रहरी चौकीमा आक्रमण, २ प्रहरी घाइते

    भक्तपुरपोष्ट संवाददाता२५ माघ २०७६
    ८०१ पटक
    २५ माघ २०७६

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको खाल्डे प्रहरी चौकीमा मध्यरातमा अज्ञात समूहले आक्रमणबो प्रयास गरेका छन् ।

    मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०र१२ समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

    घाइते प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झालाई थप उपचारार्थ काठमाडौँ लगिएको र प्रहरी हवल्दार हरिबहादुर मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उनले बताए ।

    आक्रमणकारी मध्येका एक सुनखानीका सोम थिङलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै घटनाको थप अनुसन्धान भइरहेको निरीक्षक तामाङले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...