News Portal

  • अवैध यौन सम्बन्धले गयो ज्यान

    भक्तपुरपोष्ट संवाददाता२६ माघ २०७६
    ९३६ पटक
    २६ माघ २०७६

    विराटनगर ।  दुई छोरीकी एक आमाले अवैध यौन सम्बन्धका कारण ज्यान गुमाउनुपरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङले यही माघ २४ गते विराटनगर–१२ मलङ्गवाको चक्रपथस्थित उखुबारीमा हत्या गरी बेवारिस अवस्थामा फेला पारेको थियो । महिलाको ज्यान जानुको कारण अवैध यौन सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङले आज यहाँ पत्रकार सम्मेलन गरी सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियारको हत्याको आरोपमा सप्तरी जिल्ला मट्टिगढा घर भई मोरङको बूढीगङ्गा गाउँपालिका–३ पोठियामा डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई प्रकाउ गरी आज सार्वजनिक गरेको छ ।

    क्वालिटी नूडल्स उद्योगमा स्टोर इन्चार्ज भई कार्यरत साहको विगत तीन वर्षदेखि परियारसँग अवैध यौन सम्बन्ध रहेको अनुसन्धानमा पत्ता लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले जानकारी दिए ।मृतक परियारले आरोपित साहको डेरामा दैनिक जाने, खाना बनाइदिने, कपडा धोइदिने लगायतका घरेलु कार्य गर्ने गरेको र बेलाबेलामा घुम्न जाने गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

    आरोपित साहले मृतक परियारलाई यही माघ २१ गते मोबाइल गर्दा नउठाएको, कोठामा ताल्चा लगाई सम्पर्कविहीन भएकाले खोज्ने क्रममा मोरङको बाँसबारीमा भेटी मोटरसाइलमा सँगै विराटनगर–१२ स्थित चक्रपथ हुँदै मलङ्गवाको पश्चिम उखुबारीमा आपसी विवादका क्रममा रिसको अवेगमा सलले घाँटी थिची बाँसलाई धारिलो हतियार बनाई हत्या गरेको स्वीकारेका छन् ।प्रहरीले माघ २४ गते बेवारिस अवस्थामा फेलाको परियारको मृत शरीरलाई पहिचानका लागि स्थानीय एफएम रेडियो, सामाजिक सञ्जालमा सार्वजनिक गरेको दुई घण्टाभित्र सम्पूर्ण विवरण प्राप्त भएको प्रमुख अधिकारीले जानकारी दिए ।

    परियारका श्रीमान् वसन्त परियार इलाममा कार्य गर्ने गरेको र श्रीमती हराएको सम्बन्धमा सोधिखोजी गर्दा साहको नामसहित जाहेरी इलाका प्रहरी कार्यालय मोरङको निमुवामा दिएकोमा अनुसन्धान कार्यमा सहज भएको प्रहरीले जनाएको छ । प्रहरीले मृतक परियारलाई घटनास्थलमा बोकेर लगेको साहले प्रयोग गर्ने मोटरसाइकल र मोबाइल दुई थान बरामद गरेको छ ।मृतक परियारका १६ र १२ वर्षीय दुई छोरी छन् । परियारको हत्यारा पत्ता लगाउन प्रहरीले प्रशिक्षित प्रहरी कुकुरसमेत प्रयोग गरेको थियो । प्रहरीले आरोपी साहलाई थप अनुसन्धानका लागि जिल्ला अदालत मोरङमा म्याद थप गरेको छ ।

    यसैगरी प्रहरीले मोरङको रङ्गेली–७ स्थित संसारी माईस्थान मन्दिरमा माताको शिरमा लगाउने चाँदीको मुकुट, छत्र, त्रिशूल, पित्तलको गणेश र छोटी माताको मूर्ति गरी रु ११ लाख ३५ हजार बराबरको सामान चोरी गर्ने चोरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...

    सिडिओ छोडेर भक्तपुरको प्रमुख प्रशासकीय अधिकृतमा भट्टराई

    निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन्...

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...