News Portal

  • पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुनाको हत्या : हत्यामा घरेलु मजदुरकै हात भएको दावी

    भक्तपुरपोष्ट संवाददाताललितपुर, २७ माघ २०७६
    ८०४ पटक
    ललितपुर, २७ माघ २०७६

    ललितपुरको सानेपास्थित निवासमा पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुनाको हत्या भएको छ । सोमबार बिहानै उनको हत्या भएको हो ।

    बिहान घर बाहिर रहेका पूर्वसचिव कार्कीले फर्कदा श्रीमती मुना घरमै अचेत अवस्थामा फेला पारेपछि अस्पताल प्[उर्याएका थिए । अस्पतालले उनलाई मृत घोषणा गरेको हो । कार्कीकी श्रीमती मुना अचेत अवस्थामा घरको भान्सा कोठामा रगतले लतपतिएको अवस्थामा फेला परेकी थिइन् । उनको टाउको र अनुहारमा गम्भीर चोट देखिएकोले उपचारको लागि स्टार हस्पिटल लगिएको थियो ।

    निवासमा जडित सीसीटीभी फुटेज अनुसार मुनाको हत्यामा घरमै कामदार रहेका युवकको हात रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

    प्रहरीको प्रारम्भीक अनुसन्धानबाट कार्कीको घरमा कार्यरत करिब २० वर्षीय कामदार विजय चौधरीले मुनाको हत्या गरेको र लगत्तै झुण्डिएर आत्महत्या गरेको देखिएको प्रहरीले बताएको छ । घरमा काम गर्न राखेका दाङ घर भएका विजय चौधरीको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । घटनाको अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...