News Portal

  • अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्काउन चीन सरकारले ‘ससर्त अनुमति दिने’

    भक्तपुरपोष्ट संवाददाता२८ माघ २०७६
    ७२५ पटक
    २८ माघ २०७६

    कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिएको चीनको हुबे प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन चीनले दिने अनुमति “ससर्त” हुने जानकारी नेपाल सरकारका एक वरिष्ठ अधिकारीले दिएका छन्।राष्ट्रिय मानव अधिकार आयोगले चीनमा अलपत्र परेका नेपाली नागरिकको उद्धारसम्बन्धी जानकारी लिन सोमवार स्वास्थ्य, परराष्ट्र तथा शिक्षा मन्त्रालयका सचिवहरूलाई बोलाएको थियो।

    त्यसै क्रममा स्वास्थ्यसचिवले उक्त जानकारी दिएको आयोगका एक सदस्यले बताए।सरकारी अधिकारीहरूले चीनमा रहेका नेपालीलाई जतिसक्दो चाँडो फर्काइने आश्वासन दिँदै आएका छन्।तर हुबेमा रहेका नेपालीका आफन्तहरूको छटपटी बढ्दो छ र उनीहरूले उच्च सरकारी अधिकारीहरूलाई भेटेर हारगुहार गरिरहेका छन्।
    सचिवहरूको भनाइ

    हुबेमा रहेका नेपालीका आफन्तहरूले ज्ञापनपत्र बुझाएपछि उनीहरूलाई तत्काल स्वदेश फर्काउन आइतवार राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको थियो।सोमवार आयोग पुगेका स्वास्थ्यसचिव खगराज बरालले नेपालले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार चिकित्सकीय निगरानीको व्यवस्था गरेपछि मात्र चीनले उद्धारको अनुमति दिने जानकारी गराएको आयोगका सदस्य सुदीप पाठकले बताए।

    उनले भने, “उहाँहरूले जानकारी गराउनु भएअनुसार चाहिँ सबभन्दा पहिले त नेपालीहरू फर्किनका निमित्त चीन सरकार तयार हुनुपर्छ। चीन सरकारले अनुमति दिएपछि अनि हाम्रो व्यवस्थापनको सबै कार्य पूरा भएको हुनुपर्छ।””हाम्रो व्यवस्थापन पूरा भएको भन्ने सुनिश्चितता भएपछि मात्रै चीन सरकारले सहमति दिन्छ, फर्किनका निमित्त। किनभने संसारको जुनसुकै कुनामा रहेका मानिसलाई रोग नसरोस् भन्ने पहिलो सिद्धान्त छ भन्ने जानकारी प्राप्त भयो।”

    चीनले अनुमति दिइसकेको भन्ने जानकारी सार्वजनिक भएकोबारे बीबीसीले पाठकलाई प्रश्न सोधेको थियो।त्यसमा उनले भने, “अब यसकोबारे यहाँले नेपाल सरकारलाई सोध्नुपर्छ।””के त्यसो भए चीनले अनुमति दिन बाँकी नै रहेछ त?” भन्ने प्रश्नमा उनले भने, “एकदमै। हाम्रो तयारी पूरा नभएसम्म चीनले अनुमति दिँदैन।”

    त्यसबारे जानकारी लिन स्वास्थ्यसचिवलाई बीबीसीले पटकपटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा नआएकाले उनको पक्ष राख्न असमर्थ भएको छ।कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको हुबेमा रहेका नेपालीहरूले स्वदेश फर्कन चाहेको भन्दै हारगुहार गरेपछि १० दिनअघि सरकारले उनीहरूको उद्धार गर्ने निर्णय गरेको थियो।

    त्यसका लगि चीनस्थित नेपाली दूतावासले आवेदन माग गरेकामा १८० जना नेपालीहरूले स्वदेश फर्किन निवेदन दिइसकेका छन्।तर लामो समयसम्म पनि उनीहरूलाई उद्धार गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ।

    हुबेमा रहेका नेपालीका आफन्तहरूले सरकारका उच्च अधिकारीहरूलाई भेटेर हारगुहार गर्ने क्रम जारी छ।त्यसै क्रममा सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भनी उनको निवास बालुवाटार पुगेको तर प्रधानमन्त्रीले भेट नदिएको उनीहरूको गुनासो छ।त्यस्तै गुनासो गर्नेमध्येकी एक लीलादेवी भट्टराईले भनिन्, “सबै तिरबाट प्रयास चाहिँ भयो तर उहाँहरूले समय नै दिनुभएन। फोन पनि उठाउनुभएन।”

    “तर पनि सकिन्छ कि भेट्न भनेर गयौँ तर भेट्न दिनु नै भएन। के गर्ने? अनि हामी अभिभावकहरूको आक्रोश चाहिँ सरकारकै कारण अहिले झन् बढेको छ।”तर प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँले भने हुबेमा रहेका नेपालीका आफन्तहरूले प्रधानमन्त्रीलाई भेट्न चाहेको जानकारी सचिवालयलाई नगराएको बताए।

    उनले चीनमा रहेका नेपालीहरूबारे प्रधानमन्त्री ओली संवेदनशील रहेको र उद्धारका लागि आवश्यक कार्य भइरहेको जानकारी दिए।चीनमा रहेका नेपाली र उनीहरूका आफन्तको छटपटी बढिरहेका बेला बेइजिङस्थित नेपाल दूतावासका अधिकारीहरूले चाहिँ अहिले पनि आफूहरू नेपाल सरकारको निर्णय कुरिरहेको बताएका छन्।

    विविसीबाट

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...