News Portal

  • जनयुद्ध दिवसमा प्रधानमन्त्री ओली पनि सहभागी हुँदै

    भक्तपुरपोष्ट संवाददाता१ फागुन २०७६
    २३५३ पटक
    १ फागुन २०७६

    काठमाडौं । सत्तारुढ दल नेकपाले आज जनयुद्ध दिवस मनाउँदै छ । तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको शसस्त्र युद्धको सम्झनामा हरेक वर्ष मनाइदै आएको यो दिवसमा यसपटक प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुन लागेका हुन् । उनले खासगरी जनयुद्धलाई नै अस्वीकार गर्दै आएका थिए ।

    तत्कालिन एमालेवृत्तले जनयुद्धको स्वामित्व ग्रहण गर्न रुचि नदेखाएको भनेर आलोचना भइरहँदा पार्टी एकतापछिको दोस्रो जनयुद्ध दिवसमा भने प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली कार्यक्रममा सरिक हुन लागेका हुन ।

    नेकपा केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार धुम्बाराहीमा हुने ‍औपचारिक कार्यक्रममा कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओली दुबै सहभागी हुँदैछन ।

    अहिले विहान ९ बजेदेखि शुरु भएको जनयुद्धका शहीदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा अध्यक्षद्वय ओली तथा दाहाल उपस्थित भएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...