News Portal

  • चीनमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणले पायो औपचारिक नाम

    भक्तपुरपोष्ट संवाददाता१ फागुन २०७६
    १२१३ पटक
    १ फागुन २०७६

    विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबाट हुने रोगको औपचारिक नामकरण गरेको छ। अब त्यो रोगलाई कोभिड-१९ (Covid-19) भनिनेछ।”हामीसँग अब उक्त रोगको नाम छ,” सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले जिनिभामा संवाददाताहरूलाई भने, “त्यो कोभिड-१९ हो।”

    संयोगवश चीनमा उक्त भाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या एक हजार नाघेको भोलिपल्ट उक्त रोगको नामकरण भएको हो।हजारौँ मानिसहरूमा उक्त भाइरसले सङ्क्रमण गरेको पुष्टि भएको छ। तर नयाँ सङ्क्रमण भएका बिरामीको सङ्ख्या घटिरहेको अधिकारीहरूले बताएका छन्।

    डा. गेहब्रेयससले उक्त भाइरसलाई परास्त गर्न यथासम्भव प्रयास गर्न सबैलाई आग्रह गरेका छन्।कोरोनाभाइरस पदावलीले एउटा भाइरसलाई मात्रै नभएर अहिले फैलिएको समेत विभिन्न विषाणुको समूहलाई जनाउँछ।इन्टर्न्याश्नल कमिटी अन ट्याक्सनमी अफ भाइरसेसले नयाँ भाइरसलाई सार्स-कोभ-२ नामकरण गरेको छ।
    यसअघि कसैकसैले उक्त भाइरसलाई 2019-nCoV भन्ने गरेका थिए।

    सन् २००२ र २००३ मा फैलिएको सार्स रोगपछि जनस्वास्थ्यको क्षेत्रमा चीनले खेप्नुपरेको यो ठूलो सङ्कट हो।यो सङ्कट नियन्त्रण गर्न सघाउन विश्व स्वास्थ्य सङ्गठनले पठाएको चिकित्साशास्त्रीहरूको टोली बेइजिङ पुगेको छ।अनुसन्धानकर्ताहरूले नामका कारण कुनै देश वा समुदायलाई अप्ठ्यारो नपरोस् भनेर उक्त भाइरस र त्यसले गराउने रोगको नाम सरल हुनुपर्ने औँल्याएका थिए।

    “हामीले कुनै भौगोलिक स्थान, जीव, व्यक्ति वा समुदायलाई इङ्गित नगर्ने तर उच्चारण गर्न सकिने र रोगसँग पनि सम्बन्धित नाम जुराउनुपर्ने थियो,” डा. गेहब्रेयससले भने।नयाँ नाम तीनवटा शब्द कोरोना, भाइरस र डिजीज (रोग) र साल २०१९ को संयोजनमा बनाइएको हो।

    चीनमा अहिलेसम्म ४२,००० भन्दा बढी मानिसमा कोभिड-१९ भएको पुष्टि भइसकेको छ।सोमवार एकैदिन १०३ जनाको मृत्यु भएपछि चीनले हुबे प्रान्तका वरिष्ठ अधिकारीहरूलाई कारबाही गरेको थियो।विश्वभरिका वैज्ञानिकहरू यो रोगको प्रकोप नियन्त्रण गर्ने उपायबारे छलफल गर्न जिनिभामा भेला भएका छन्।

    विविसीबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...