News Portal

  • ‘बाँकी कुरा पछि भनौंला’भन्दै कारागारबाट बाहिरिए महरा : निस्कदै गर्दा लाग्यो एमसीसी मुर्दावादको नारा

    भक्तपुरपोष्ट संवाददाताकाठमाडौ, ५ फागुन
    १५१० पटक
    काठमाडौ, ५ फागुन

    १ सय ३३ दिनदेखि पुर्पक्षका लागि थुनामा रहेका  निवर्तमान सभामुख कृष्णबहादुर महरा रिहा भएका छन् । बलात्कार प्रयासको आरोपमा सफाई पाएपछि उनी रिहा भएका हुन् ।

    डिल्लीबजार कारागारमा महरालाई खादा र माला लगाई विदाइ गरिएको छ भने बाहिर बसिरहेका उनका समर्थक र शुभचिन्तकहरुले उनलाई सोही तरीकाले स्वागत गरेका छन् ।

    कारागार बसाइका क्रममा सुभेक्षा र सद्भाव प्रकट गर्ने सबैप्रति उनले आभार प्रकट गरेका छन् । उनले कारागारमा सबैबाट राम्रो व्यवहार भएको बताए ।

    ‘बाँकी कुरा पछि भनौंला ।’ भन्दै निवर्तमान सभामुख महरा निजी गाडी चढेर खुमलटास्थित निवासतर्फ लागे । स्वागतक लागि बसेको ठूलो भिडलाइ उनले धन्यवाद भनेका थिए ।उनी जेलबाट निस्किदै गर्दा एमसीसी मुर्दावादको नारा लागेको थियो ।

    सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेल को एकल इजलासले महरालाई निर्दोष ठहर गर्दै रिहा गर्ने निर्णय गरेको हो ।महराविरुद्ध सरकारी वकिलले र महराको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, डा.दिनमणि पोखरेल, कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले बहस गरेका थिए ।

    संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरा पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । गत असोज १२ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूमाथि जबर्जस्ती करणी प्रयास गरेको बताएकी थिइन्। असोज १४ मा महराले सभामुख पदबाट नैतिकताको आधारमा राजीनामा दिएका थिए।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...