News Portal

  • प्रधानाध्यापकविरुद्ध भ्रष्टाचारका चार मुद्दा

    भक्तपुरपोष्ट संवाददाता६ फागुन २०७६
    १२४४ पटक
    ६ फागुन २०७६

    काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाने माध्यमिक विद्यालय, सिरानचोक १ गोरखाका प्रधानाध्यापक शिवकुमार साहविरुद्ध भ्रष्टाचारका चारमुद्दा दायर गरेको छ ।  साहले तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट रेट्रो मेन्टेनेन्सका लागि तथा मर्मत शीर्षकमा प्राप्त रकम हिनामिना ३ लाख ५० हजार हिनामिना गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ ।

    साहले लाइब्रेरी व्यवस्थापनका लागि फिक्सिङ्ग र किताब खरिद शीर्षकमा निकासा भएको ६ लाख ५० हजारको दुरुपयोग गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । प्रधानाध्यापक साहले शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सव-इन्जिनियर विकास झासँग मिलोमतोमा विद्यालयका रकम दुरुपयोग गरेको अख्तियारको ठहर छ ।

    यस्तै, छात्रवृत्ति, पोशाक, झोलाका लागि प्राप्त रकम सम्बन्धित विद्यार्थीलाई वितरण नै नगरी हिनामिना गरेको खुलेको अख्तियारको दाबी छ । शौचालयको लागि प्राप्त रकम तथा मर्मत शीर्षकमा प्राप्त रकमबाट छात्रा शौचालय तथा फर्निचर मर्मत,निर्माण नै नगरी विद्यालय व्यवस्थापन समितिको झुठ्ठा निर्णय, झुठ्ठा नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन एवं झुठ्ठा बिल भरपाइ तयार गरी सो रकम शिक्षा विकास तथा समन्वय इकाई गोरखाबाट फछर्यौटसमेत गराई सरकारी सम्पत्ती बदनियतसाथ हिनामिना गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।

    छात्रवृत्ती, पोशाक र झोला खरिद तथा शौचालय निर्माणमा ५ लाख ९५ हजार ४ सय हिनामिना गरेका छन् । त्यही मुद्दामा  शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सव-इन्जिनियर विकास झालाई अख्तियारले मुद्दा दायर गरेको छ ।  साहले शिवकुमार साहसँग मिलेमतो गरी बदनियतसाथ झुठ्ठा कार्य सम्पन्न प्रतिवेदन तथा नापी किताब तयार गरी विद्यालयको लागि नेपाल सरकारबाट अनुदान प्राप्त मर्मत शीर्षक, छात्रा शौचालय निर्माण गरी नेपाल सरकारको ३ लाख ५० हजार हिनामिनाको अख्तियारको आरोप पत्रमा उल्लेख छ । यस्तै, प्रधानाध्यापक साह र  प्राविधिक सव-इन्जिनियर  झाविरुद्ध सरकारी रकम अनियमितता गरेको सम्बन्धमा पनि मुद्दा दायर भएको छ ।

    प्रधानाध्यापक साहले तत्कालिन जिल्ला शिक्षा कार्यालय गोरखाबाट ट्रस भवन मर्मतका लागि प्राप्त १७ लाख ६० हजार रकम हिनामिना गरेका थिए । उनले त्यो रकम मध्ये ५ लाख मात्रै भवन मर्मत उपभोक्तासमितिलाई दिएको अनुसन्धानबाट खुलेको छ । अख्तियारका अनुसार प्रअ साहले ११ लाख १० हजारको विद्यालय व्यवस्थापन समितिको झुठ्ठा निर्णय, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन एवं झुठ्ठा बिल भरपाई तयार गरी सो रकम शिक्षा विकास तथा समन्वय इकाई गोरखाबाट फछर्यौटसमेत गराएका थिए ।

    त्यस्तै उनले साविक केराबारी गाविसबाट शैक्षिक सामग्री खरिद शीर्षकमा निकासा भएको ७५ हजार २९२ रुपैयाँको झुठ्ठा निर्णय तयार गरी, नक्‍कली बिल भरपाई पेश गरी आफूले गैरकानूनी लाभ लिएको थिए । प्रअ साहले १३ लाख ३२ हजार हिनामिना तथ्य पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।

    त्यस्तै सव-इन्जिनियर झाले शिवकुमार साहसँग मिलेमतो गरी ट्रस भवन मर्मतको रकम फरफारक गर्नका लागि झुठ्ठा कार्य सम्पन्न प्रतिवेदन तथा नापी किताब तयार गरी ११ लाख १० हजार हिनामिना गरेको देखिएको छ । प्रअ साह र इन्जिनियर झाविरुद्ध भ्रष्टाचार निवारण ऐन, बमोजिम फरक फरक सजायको मागसहित चार मुद्दामा  विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...