News Portal

  • घोकाउने र परीक्षा उत्तीर्ण गराउने परिपटी अन्त्य गरौं : शिक्षामन्त्री

    भक्तपुरपोष्ट संवाददाता६ फागुन २०७६
    ११९३ पटक
    ६ फागुन २०७६

    काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सर्वजनिक विद्यालयहरुमा सिकाइ केन्द्रित क्रान्ति आवश्यक रहेको बताएका छन् । घोकाउने र परीक्षा उत्तीर्ण गराउने परिपाटीको अन्त्य हुनुपर्नेमा उनको जोड थियो ।

    सरकारले ०७६ देखि ०८५ साललाई सार्वजनिक शिक्षाको सुदृढीकरण वर्षको रुपमा मनाउन लागिरहेको भन्दै मन्त्री पोखरेलले ७५३ वटै स्थानीय तहलाई शिक्षा सम्मेलन गरी सिकाइ सुधारको रणनीति बनाउन आग्रह गरे ।

    शिक्षा पत्रकार समूहको २० औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री पोखरेलले मा शिक्षा क्षेत्रमा सिकाइ केन्द्रित रुपान्तरण गर्नु अबको आवश्यकता भएको बताए ।

    संविधानको मौलिक हकमा शिक्षा विषय समावेश, नयाँ शिक्षा नीति जारी र नयाँ कानूनको निर्णाण हुनुले शैक्षिक रुपान्तरणको बाटो तय गरेकाले अब स्थानीय तह र शिक्षक तथा समुदायले सक्रिय जिम्मेवारी बहन गर्नुपर्नेम उनको जोड थियो ।

    प्रविधि र सुशासनलाई जोड दिँदै सिकाइ केन्द्रित रुपान्तरण अबको आवश्यकता भएको भन्दै मन्त्री पोखरेलले  शिक्षाले दिनुपर्ने ज्ञान, सीप र चरित्र निर्माणका लागि अभिभावकहरुले पनि आफ्नो तर्फबाट रुपान्तरणका लागि हस्तक्षेप गर्न आवश्यक रहेको बताए ।

    मन्त्री पोखरेलले भने– ‘गुणस्तरका नाममा अंग्रेजी भाषा सिकाउँ तर नेपाली बिगार्न पाइँदैन ।’

    मन्त्री पोखरेलले  शिक्षाका सबै मुद्दाहरु पत्रकारिताका माध्यमबाट उजागर भएको जनाउँदै शिक्षामा पछिल्लो समयमा भएका शिक्षाका ठूला ठूला परिवर्तनलाई स्थान दिन आग्रह गरे ।  विद्यालय शिक्षा, प्राविधिक र व्यावसायिक शिक्षा तथा उच्चशिक्षासम्बन्धी अलगअलग संघीय शिक्षा ऐन ल्याउने तयारी गरिएको उनले जानकारी दिए ।

    मन्त्री पोखरेलले सञ्चारमाध्यममा राजनीतिक विषय हावी भएको स्थितिमा शिक्षाका समाचारलाई प्राथमिकता दिलाउन शिक्षा पत्रकार समूहको भूमिका रहेको उल्लेख गर्दै हरेक स्थानीय तहमा भएका शिक्षाका अशल अभ्यासलाई नेपाली समाजको मूल प्रवृत्ति बनाउनुपर्नेमा जोड दिए ।


    मन्त्री पोखरेलले नकारात्मक पत्रकारिता मूलधार नबनोस् भन्दै समाज र देश निर्माण गर्न पत्रकारिताको योगदान हुनुपर्ने बताए ।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षासहित शिक्षामा २५ वर्षे दीर्घकालीन सुधारको खाका तयार गरिएको बताइन् । शिक्षाविद् केदारभक्त माथेमाले शिक्षामा समुदायको अपनत्व स्थापित गर्नुपर्नेमा जोड दिए ।

    अर्का शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले शिक्षक र विद्यार्थी दलीय आधारमा  नभई रुपान्तरणका लागि स्पष्ट भएर जागरुक हुनुपर्ने बताए । शिक्षकहरु भुत्ते भइसकेका भन्दै शिक्षाविद् कोइरालाले भुत्ते शिक्षक र प्रविधिमा अगाडि विद्यार्थीहरुबीच तालमेल मिलाउनुपर्ने आजको आवश्यकता रहेको औंल्याए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...