News Portal

  • सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटा बने बद्नाम : आफै सुन्नुस् घुस मागेको अडियो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ फागुन
    ९७८ पटक
    भक्तपुर, ८ फागुन

    सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो नागरिक दैनिकले फेला पारेको छ । नागरिकले सार्वजनिक गरेको उक्त अडियो केहि घन्टामै सामाजिक संजालमा भाइरल भैसकेको छ ।

    मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको नागरिकलाई प्राप्त अडियो संवादमा सुन्न सकिन्छ । स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ । बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन् ।

    यस्तो छ सार्वजनिक भएको अडियो सम्बाद
    मिश्रः यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ..होइन त्यसमा चाही स्वीस ऐम्बेसीले बोलायो तपाइँहरुले बोलाएर आउने होइन ।

    मन्त्री बाँस्कोटा: (बीचमा बोल्दै): अँ

    मिश्र: सकेसम्म एमओयु गर्ने की भन्ने हिसाबले उ गर्न लागेको छ।

    मन्त्री बाँस्कोटाः अँ

    मिश्रः उनले चाहीँ तपाइँहरुको कार्यक्रमको उसको बारेमा एम्बेस्डरले चाही छुट्टै छलफल गर्न चाहन्छ। क्या उसले
    (बीचमा बोल्दै) मन्त्री बाँस्कोटाः ठिक छ

    मिश्रः अँ त्यो भएको हुनाले तपाइँले त्यति टाइम मिलाइदिनु पर्यो।
    मन्त्री बाँस्कोटाः मिलाउनुपर्छ। यो उसको लागि हामी आउट अफ ट्र्याकमा जानेकी तपाइँले भने अनुसार नै जाने त भन्नुस्।
    अब

    मिश्र (कुरा काट्दै)ः कुराचाही मैले राखेको छु,
    मन्त्री बाँस्कोटाः  क्यापसिटीको कुरा,

    मिश्र:बोल्दै अब कुराचाही मैैले राखेको छु
    मन्त्री बाँस्कोटाः उनीहरुले नर्मलमा ५० भने

    मिश्र: हँ त्यसमा (नर्मलमा कुरा काट्दै)

    मन्त्री बाँस्कोटा: पहिला कति निकालेको थियो

    मिश्र: यसमा टोटल उसको चाही प्रसेन्टेजमा आउँने हो, होइन फेरि

    मन्त्री: टोटल कति निस्कन्छ त अहिले त्यो हेरौं
    मिश्र: केही न केही त भइरहेको छ, होइन त्यही बेशमा जाने हो हामी त अब …..उनीहरुले त अरुले नी त्यही मूल्य त्यो भन्दा अलि बढी हाल्यो उनीहरुको मूल्यमा भन्दा अलि बढी हालेको भए पुग्थ्यो होइन त्यसमा त्यस्तो केही छैन बेस चाही तपाइँहरुकै उसमा जाने हो हामी हँ हँ त्यसो भा तपाइँले चाही

    मन्त्री बाँस्कोटा: अब सकेसम्म २५, २७ अर्बमा यो टोटल सक्न पाए हुन्थ्यो भन्ने लागेको छ। मान्नुहोस २५ निस्कियो भने कति आउँला ?
    मिश्र: ७० जति आउदैन (७० करोड) यो आउट अफ उसमा जाँदा खेरि ७० को हाराहारीमा ६० देखि ७० को हाराहारीमा आउँ छ की?
    मन्त्री बाँस्कोटा: तपाइँलाई के गर्छन् तपाइँलाई छुट्टै गर्छन्।
    मिश्र: टोटल ७४ (७४ करोड) जति आउँछ भन्ने हाम्रो अनुमान
    मन्त्री बाँस्कोटा: ७४, ७५
    मिश्र: यसमा चाही ३०, ७० प्रतिशत तपाइँहरुलाई दिने होइन ३० प्रतिशत हामी राख्ने भन्ने टार्गेट छ। हाम्रो एकदम टान्सपरेन्सी हुन्छ त्यसका केही छैन।

    मन्त्री बाँस्कोटा :त्यसो हुँदा कति हुन्छ ?
    मिश्र: ५४, ५५ तपाइँहरुलाइ आउने १५, १६ हामीलाई आउने हामीले नि त अलि अलि त होइन, अब आउट अफ ट्र्याक जाने हो भने
    मन्त्री: तपाइँ हामी हिसाब… भन्न खोजेको कुरा बुझिदैन।
    मिश्र: त्यो तपाइँले गर्नुहोस सबै
    मन्त्री: एउटा के नरहनुस भने

    मन्त्री: यस्तो कुरामा यी (मुख छाड्दै) कर्मचारीसँग लाग्यो भने यिनीहरुले हेप्छन्। कुरा बुझ्नु भयो।

    मिश्र: हो हो मन्त्री यो कुरा सचिवलाई पनि नभनौं (मन्त्रीले भन्न खोजेको बुझिदैन।)
    मिश्र: ठिकै छ त्यो त्यसो भए म आफै गराउँ
    मन्त्री बाँस्कोटा: एउटा स्टिमेट पनि बनाएर ल्याउनुपर्छ।
    मिश्र: उसले त लगभग लभगभ उसले त बनाएर राखिराखेको छ।
    मन्त्री बाँस्कोटा: यो मु…. ले बनाएको त ३५ अर्बको छ नी। यो ३५ अर्ब नी नभएपछि त २७ अर्बको निस्केपछि त २८ अर्ब बनाउनुस्।
    मिश्र: सुन्नु त यो म, म गर्छु ।
    संवाद सकिन्छ।

                                                               आफै सुन्नुस्

    ७० करोड कमिसनका लागि संचारमन्त्रीको यस्तो सेटिङ (अडियो)

    ७० करोड कमिसनका लागि संचारमन्त्रीको यस्तो सेटिङ (अडियो) सम्बन्धित समाचार यो लिंकमा पढ्न सक्नुहुन्छ : https://nagariknews.nagariknetwork.com/news/117868/

    Gepostet von NagarikNews am Mittwoch, 19. Februar 2020

    https://www.facebook.com/nagariknews/videos/124556765628704/?t=0

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...