News Portal

  • हिमाली जिल्ला हुम्लामा पुगेन पाठ्यपुस्तक

    राजन रावतहुम्ला, ९ फागुन
    ८१८ पटक
    हुम्ला, ९ फागुन

    शैक्षिक सत्र शुरु भएपनि हिमाली जिल्ला हुम्लाका विद्यार्थीहरुले अझै पर्याप्त पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

    पाठ्यपुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्रले पुस्तक ढुवानी तथा बिक्रीको जिम्मा दिएका स्थानीय एजेण्टहरुले माग गरेको भन्दा निकै कम पुस्तक उपलब्ध गराएका छन् । एजेन्टहरुले पाि माग गरेअनुसार पुस्तक नपाएको गुनासो गरेका छन् ।

    विद्यार्थी संख्याका आधारमा भन्दापनि पुरानै फ्ल्यास रिपोर्टलाई आधार मानी पुस्तक उपलब्ध गराउँदा जिल्लाको माग अनुसार पाठ्यपुस्तक अभाव भएको हो ।

    माथिल्लो हुम्लाका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकामा रहेका विद्यालयहरुको पाठ्यपुस्तक ढुवानी तथा बिक्रीको लागि जिम्मा पाएको रोकाया पुस्तक पसलले कक्षा २ देखि १० कक्षासम्मका लागि तीन हजार ८५० सेट पुस्तक माग गरेकोमा जम्मा दुई हजार सात सय सेट पुस्तक मात्र पाएको पसलका प्रोपाईटर धनजवा रोकायाले बताइन् ।

    सो क्षेत्रका विद्यालयहरुका लागि एक हजार एक सय पचास सेट पुस्तक अपुग भएका छन् । जनक शिक्षा सामाग्री केन्द्रले अहिले पुस्तक ढुवानी तथा बिक्रीको जिम्मा पाएको एजेण्टले माग गरेको भन्दा केन्द्रमा यस अघि नै पेश भएको फ्ल्यास रिपोर्टलाई आधार मानेर मात्र पुस्तक उपलब्ध गराउने गरेको छ ।

    बाँकी अपुग पुस्तकका लागि सम्बन्धित गाउँपालिकाको सिफारिस, शिक्षा बिकास तथा समन्वय इकाईको सिफारिस र प्रदेश मन्त्रालयको समन्वयमा मात्र उपलब्ध गराउने बताएको उनले बताइन् ।

    बिक्री केन्द्रले जिम्मा पाएका पुस्तक सबै नेपालगंजबाट तीन फ्लाईट हवाई ढुवानी गरेर सिमकोट पुगेको र हाल बिक्री भइरहेका छन् ।

    चंखेली र सर्केगार्ड गाउँपालिकामा पुस्तक बिक्रीको जिम्मा पाएको अर्को पुस्तक ज्ञानु भण्डारका प्रोपाईटर दुर्पता शाहीले दुवै गाउँपालिकाका ५६ वटा बिद्यालयहरुका लागि चार हजार दुई सय सेट पुस्तक माग गरेपनि जनक शिक्षा र नीजि छपाई केन्द्रबाट दुई हजार ७२५ सेट पुस्तक मात्र पाएको बताइन् ।
    पुस्तक सबै नेपालगंजमा बुझेर ट्रकमा ढुवानी गरिएको बताउनु भयो । यी पुस्तक सुर्खेत, कालिकोट, जुम्ला र मुगु हुदै हुम्ला जिल्लामा पुग्नेछन् । निजी क्षेत्रले माग अनुसार दिए पनि जनक शिक्षाले नदिएको उनको गुनासो छ ।

    ती दुबै गाउँपालिकाहरुले पाठ्यपुस्तक खरिदमा बजेट पनि आबश्यकता भन्दा कम बिनियोजित गरेको पाइएको छ ।

    यता जिल्लाको दक्षिणी क्षेत्रका अदानचुली र ताँजाकोट गाउँपालिकाका विद्यालयहरुको पाठ्य पुस्तकको ढुवानी तथा बिक्रीको जिम्मा लिनु भएका लोकेन्द्र भण्डारीले गत वर्ष भन्दा कम पुस्तक बुझेको र बुझेका पुस्तक कवाडीमा पुगेको बताए । उनले पनि माग अनुसार पुस्तक नपाएको गुनासो गरे ।

    कक्षा १ को पुस्तक आएन
    हुम्लामा तीन वटा पुस्तक बिक्रेताहरुले निजी क्षेत्रले छपाईको जिम्मा पाएको कक्षा १ को पुस्तक नछापिएकोले जिल्लाा पठाउन नसकिएको बताएका छन् । फागुन १२ गते अगाडी छापिने संभाबना नरहेको जानकारी प्राप्त भएको छ । यो निजी क्षेत्रको लापरवाही देखिएको बताइन्छ । कर्णाली उच्च हिमाली क्षेत्रमा शैक्षिक सत्र फागुन १ गतेबाट सुरु हुने गरेको छ ।

    विद्यालयद्वारा भर्ना मात्र सुरु
    पुस १५ गतेबाट मिन पचासको बिदा सुरु भएर फागुन २ गते सकिएपछि ४ गतेबाट हुम्लाका केही विद्यालयहरुले भर्ना सुरु गरेका छन् । तर अधिकाँश विद्यालयहरु सो भर्ना पनि खोल्न सकेका छैनन् । ४ गतेबाट १७ गतेसम्म भर्ना गरेर १८ गतेबाट पढाई सुरु गर्ने भएको छ । यसरी नयाँ शैक्षिक सत्रको भर्नाका लागि सुचना सार्र्वजनिक गर्नेमा मानसरोवर, सीता मावि लगायका विद्यालयहरु रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    स्पा सेन्टरका संचालक पौडेल पक्राउ

    रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका...

    भक्तपुर नगरपालिकाले सम्पूर्ण लागत आफै व्यहोर्ने गरी बनाउँदैछ थन्थु दरवार

    पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाड्डको नेत्रित्वामा आएको एक टोलीले भक्तपुर नगरपालिकाको पुरानो नगरपालिका भवन रहेको...

    भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प

    भक्तपुरमै केन्द्रबिन्दु गरी भूकम्प गएको छ । भक्तपुरको पलाँसे आसपास केन्द्रबिन्दु भएर मंगलवार राति करिब...

    गीत संगीतले संदेश दिन सक्नुपर्छ : सुनिल प्रजापति

    sunil prajapati bhaktapur

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गीत संगीतले समाजलाई संदेश दिन सक्नुपर्ने प्रष्ट पारेका छन् ।...

    अन्नको सम्मान गर्ने पर्व ‘सकिमना पुन्ही’ सम्पन्न

    sakimana punhi

    अन्नको सम्मान गर्ने पर्वको रुपमा सकिमना पुन्ही सम्पन्न भएको छ । विशेषगरी नेवा समुदायले मनाउने...