News Portal

  • सडकमा डोरी टागेर बसेको बालकको बसको ठक्करबाट गयो ज्यान, स्थानीय आक्रोशित

    भक्तपुरपोष्ट संवाददातादोलखा, ९ फागुन
    १३३१ पटक
    दोलखा, ९ फागुन

    शिवरात्रीमा सडकमा डोरी टागी पैसा माग्दै गरेका एक बालकको बसको ठक्करबाट ज्यान गएको छ । अन्दाजी १० वर्षका बालकको घटनास्थलमै ज्यान गएको हो ।

    कालिन्चोक-९ का स्थानीय थामी थरका १० वर्षका बालकको ज्यान गएको प्रहरीले पुष्ठि गरेको छ । सिगटी बाट काठमाडौ आउदै गरेको बा ४ ख ५८०९ नम्बरको बसले ठक्कर दिदा उनको तत्कालै बीभत्स किसिमले ज्यान गएपछि स्थानीय आक्रोसित बनेका छन् ।

    बस चालकको लापरबाहीका कारण ज्यान गएको स्थानीयको आरोप छ । उनीहरुले शव सडकमा राखी प्रदर्शन गरिरहेका छन् । चालकलाई आजिबन कैद हुनुपर्ने उनीहरुको माग छ ।

    बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति

    प्रेस सेन्टर नेपालको चाँगुनारायण नगरपालिका शाखाले दोश्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका...

    ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको...

    प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार

    प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने...

    सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन्...

    माओवादी केन्द्रको विद्यार्थी नेता बन्न ३२ वर्ष उमेर ननाघेको हुनुपर्ने

    peris dada maoist party office

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा अन्ततः उमेर हद लागू हुने भएको...