News Portal

  • बालुवाटारमा प्रधानमन्त्रीको यस्तो ‘बर्थडे सेलिब्रेसन’

    भक्तपुरपोष्ट संवाददाता१० फागुन २०७६
    १२२५ पटक
    १० फागुन २०७६

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जन्मथलो आठराई जानुअघि उनका शुभेच्छुकहरुले बालुवाटारस्थित निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरे ।

    प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन उपप्रधानमन्त्री पोखरेलसँगै, नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायत पुगेका थिए ।उनीहरु केक, मिठाई, फूलका माला र खादा बोकेर बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । त्यसपछि प्रधानमन्त्री ओलीका परिवारका केही सदस्यहरु र सचिवालयका सदस्यहरु बसेर बधाइ साटासाट गरेका थिए ।

    प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार राजन भट्टराईका अनुसार बालुवाटारस्थित निवासमा जन्म दिन मनाउने कुनै औपचारिक कार्यक्रम भने गरिएको थिएन ।भट्टराईले भने, ‘प्रधानमन्त्रीज्यू आठराई जानका लागि निस्किँदै हुनुहुन्थ्यो, त्यही बेला केही शुभेच्छुक र साथीहरु आकस्मिक रुपमा आएर बधाई दिने र ग्रहण गर्ने काम भयो ।’

    प्रधानमन्त्री ओलीले बुवा मोहनप्रसाद र पत्नी राधिकालाई दायाँ-बायाँ राखेर केकसमेत काटे र वितरण गरे ।बालुवाटारको कार्यक्रमपछि प्रधानमन्त्री ओली जन्मथलो तेह्रथुमको आठराई प्रस्थान गरेका छन् । उनले आठराईमा जेष्ठ नागरिकलाई न्यानो कपडा र विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर जन्म दिन मनाउँदैछन् । प्रधानमन्त्री ओलीको जन्म दिनको अवसरमा हुने कार्यक्रमलाई मध्यनजर गरी आठराई गाउँपालिकामा सार्वजनिक विदा दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...