News Portal

  • संविधान संशोधन अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन

    भक्तपुरपोष्ट संवाददाता११ फागुन २०७६
    ७१० पटक
    ११ फागुन २०७६

    काठमाडौं । संविधान संशोधनबारे अध्ययन का लागि कार्यदल गठन गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

    नेता माधव कुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको स्रोतले जनाएको छ । कार्यदलमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्बाङ र पार्टी केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेका छन् ।

    शनिवारको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदल गठनका लागि प्रस्ताव पेश गरेका थिए ।कार्यदलले राष्ट्रियसभा सदस्यलाई प्रतिनिधसभाको हैसियत बराबर हुने गरी संविधान स‌ंशोधनका लागि अध्ययन गर्ने र संविधान संशोधन गर्नु पर्ने अन्य विषयबारे समेत अध्ययन गर्ने जिम्मेवारी पाएको स्रोतको भनाइ छ ।

    सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको भएपनि निर्णय भने नभएको स्रोतको भनाइ छ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने तयारी स्वरुप कार्यदल गठन गरेको स्रोतको दाबी छ ।

    यसअघि राष्ट्रिय सभा सदस्यले प्रधानमन्त्री बन्न नमिल्ने भन्दै उपाध्यक्ष गौतमले राष्ट्रिय सभा सदस्य बन्न अस्वीकार गरेको बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...