News Portal

  • के छ खतरा ? सिडिओसहित सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीको आकस्मिक निर्देशन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ फागुन
    ११५९ पटक
    भक्तपुर, १३ फागुन

    भक्तपुर । गृहमन्त्री रामहादुर थापा बादलले उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएर गम्भीर निर्देशन दिएका छन् । सुरक्षामा चुनौती देखिएको भन्दै उनले उच्च सतर्कतामा रहन निर्देशन दिएका हुन् ।

    भक्तपुर,ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित प्रहरी, सशस्त्र, अनुसन्धान विभाग र महानगरीय प्रहरी कार्यालयका प्रमुखहरुलाई बोलाएर मन्त्री थापाले उच्च सतर्कतामा रहन निर्देशन दिएका श्रोतले बताएको छ । बैठक नियमित नभएर आकस्मिकरुपमा बोलाइएकोले राजधानीमा ठुलै सुरक्षा थ्रेटको आशंका गरिएको छ ।

    मन्त्री थापाले ‘ठुलै घटना घटाउन’ हर्कत भैराखेको भन्दै उच्च सतर्क रहन निर्देशन दिएका बताइएको छ । पछिल्लो समय सरकारको अलोकप्रियताको फाइदा उठाउदै ‘बिप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपाले ठुलै घटना घटाउने योजना बनाइरहेको आशंका गरिएको छ । फागुन १ को जनयुद्ध दिवसमा मौनता साधेर बसेको बिप्लव नेतृत्वको शक्ति प्रति सरकार सशंकित बनेको हो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...