News Portal

  • शिक्षक नियुक्तिमा प्रश्न पत्र लिक गर्ने वडाध्यक्ष र विब्यस अध्यक्ष विरुद्ध अख्तियार : यस्तो छ मागदावी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १५ फागुन
    १२९५ पटक
    भक्तपुर, १५ फागुन

    दैलेखको डुङ्गेश्वर ५ स्थित श्री पिपलचौतरा माध्यमिक विद्यालयमा शिक्षक नियुक्तिमा अनियमितता गरेको भन्दै अख्तियारले आरोपपत्र दायर गरेको छ । परीक्षा संचालन हुनु अगावै परीक्षार्थीहरुलाई म्यासेन्जरमार्फत प्रश्नपत्र तथा उत्तर कुन्जिका पठाई शिक्षक छनौट गरेको पुष्टि भए पछि अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एंव शिक्षक छनौट समितिको संयोजक भक्त बहादुर शाहीले राहत दरबन्दी नि.मा.वि. तह सामाजिक बिषय शिक्षकको गाउँपालिकाबाट संचालन गरिएको शिक्षक छनौटमा परीक्षा अगावै प्रश्न पत्र लिक गरेको अख्तियारले जनाएको छ । निर्वाचित वडा सदस्य समेत रहेका शाहीले वडा नं. ५ का वडाध्यक्ष टेक बहादुर भण्डारीको निर्देशन र सल्लाहबमोजिम उक्त कार्य गरेको अनुसन्धान बात खुलेको अख्तियार प्रवक्ता प्रदिप कुमार कोइरालाले जनाए ।

    प्रवक्ता कोइरालाका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट अनुसन्धान हुँदा उक्त परीक्षामा सहभागी भै छनौट भएका शिक्षक घनश्याम भण्डारी र बैकल्पिक उम्मेदवार दल बहादुर वि.क. लाई म्यासेन्जरमार्फत प्रश्नपत्र र उत्तर कुन्जिका (Answer Key) पठाई बिब्यास अध्यक्ष भक्त बहादुर शाहीले अख्तियार दुरुपयोग गरेको खुल्न आएको छ भने उक्त कार्यमा वडा अध्यक्ष टेक बहादुर भण्डारीको संलग्नता पुष्टि भएको छ ।

    ”नि.मा.बि. तह राहत दरबन्दीमा सामाजिक विषयको शिक्षक छनौटका लागि गाउँपालिकाद्वारा मिति २०७६/०९/०२६ गते सञ्चालन गरिएको परीक्षामा डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष टेक बहादुर भण्डारीको निर्देशन र सल्लाहबमोजिम सोही वडा नं. ५ का वडासदस्यसमेत रहेका उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर शाहीले परीक्षा सञ्चालन हुन अगावै पश्नपत्रहरु परीक्षार्थीहरु घनश्याम भण्डारी र दल बहादुर विश्वकर्माको म्यासेन्जरमा पठाई आफूलाई प्राप्त अधिकारको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेको स-प्रमाण पुष्टि हुन आएकोले कसुरमा संलग्न व्यक्तिहरुलाई सजायको मागदाबी सहित आरोप पत्र दायर गरिएको छ । प्रवक्ता कोइरालाले भने ।

    यस्तो छ अख्तियारको मागदावी

    क. डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष टेक बहादुर भण्डारी र ऐ. वडाका वडासदस्य एवं पिपल चौतारा माध्यमिक विद्यालय डाँडापराजुलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्त बहादुर शाहीसमेतको मिलेमतो गरी शिक्षक छनौट परीक्षाको संयोजकसमेत रहेका भक्त बहादुर शाहीको मोबाइलबाट विषयविज्ञहरुले तयार गरेको विषयगत तर्फको प्रश्नपत्र तथा वस्तुगत प्रश्नहरुको उत्तरकुञ्जिकाको फोटो खिची घनश्याम भण्डारी र दल बहादुर बिश्वकर्माको म्यासेन्जरमा पठाई आफू निकटका व्यक्तिलाई शिक्षक पदमा नियुक्त गरी आफूहरुलाई गैरकानूनी लाभ पुर्‍याउने बदनियतले प्रश्नपत्रको गोपनियता भंग गरेको तथ्य प्रमाणित भएको र निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर भएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

    ख. श्री पिपल चौतार माध्यमिक विद्यालयका तत्कालीन लेखा सहायक तथा नि.मा.बि. तह सामाजिक शिक्षक पदमा नियुक्त घनश्याम भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर शाही तथा आफ्नो दाजु नाता पर्ने टेक बहादुर भण्डारीसँग मिलेमतो गरी शिक्षक छनौट परीक्षाका संयोजकसमेत रहेका भक्त बहादुर शाहीमार्फत परीक्षाको विषयगत तर्फको छ वटै प्रश्नहरु रहेको प्रश्नपत्र तथा वस्तुगत प्रश्नपत्रहरुको ४० वटै प्रश्नहरुको बहु-विकल्प उत्तर रहेको उत्तरकुञ्जिका प्राप्त गरी परीक्षाको तयारी गरी परीक्षामा सहभागी भई सर्वाधिक अंक प्राप्त गरेको र परीक्षा समितिको सिफारिसमा श्री पिपल चौतारा माध्यमिक विद्यालय, दैलेखबाट नि.मा.बि. तह सामाजिक विषयको शिक्षक पदमा करार नियुक्तिसमेत लिइसकेको देखिंदा निजले प्रश्नपत्रको गोपनियता भंग गर्ने कार्यमा सहयोग गरेको र प्रश्नपत्र तथा उत्तरकुञ्जिका प्राप्त गरी परीक्षामा सबैभन्दा बढी अंक ल्याई उत्तिर्ण भई शिक्षक पदमा सिफारिस भई नियुक्तिसमेत लिएको स-प्रमाण पुष्टि हुन आएको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ को कसुरको मतियार हुने कसुर गरेको पुष्टि भएकाले सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिम निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ अनुसार सजाय हुन मागदाबी लिइएको छ ।

    ग. शिक्षक पदमा बैकल्पिक उम्मेदवार दलबहादुर विश्वकर्माले भक्त बहादुर शाही र टेक बहादुर भण्डारीसँग मिलेमतो गरी श्री पिपल चौतारा माध्यमिक विद्यालय, डाँडापराजुल, दैलेखको राहत दरबन्दीको नि.मा.बि. तह सामाजिक विषयको शिक्षक छनौट परीक्षामा सहभागी हुनु अगावै भक्त बहादुर शाहीमार्फत विषयगत तर्फको ६ वटा प्रश्नहरुमध्ये ३ वटा तथा वस्तुगत प्रश्नहरु ४० वटाको सम्पूर्ण उत्तर रहेको उत्तरकुञ्जिका प्राप्त गरेको र टेक बहादुर भण्डारी र भक्त बहादुर शाहीको सल्लाहबमोजिम घनश्याम भण्डारीको रिक्त पद (सहायक लेखापाल) मा नियुक्त हुने योजनामा समर्थन जनाई प्रश्नपत्रको गोपनियता भंग गर्ने कार्यमा भक्त बहादुर शाहीसमेतलाई सहयोग गरी प्रश्नपत्र तथा उत्तरकुञ्जिका प्राप्त गरी परीक्षामा अन्य परीक्षार्थी भन्दा बढी अंक ल्याई उत्तिर्ण भई बैकल्पिक उम्मेदवारको रुपमा छनोट भएको देखिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ को कसुरको मतियार हुने कसुर गरेकोले सोही ऐनको दफा २२ मा उल्लेख भएबमोजिम निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ अनुसार हुने सजायको आधा सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...