News Portal

  • यि हुन् प्रधानमन्त्री ओलीलाई मृगौला दिने समीक्षा

    भक्तपुरपोष्ट संवाददाताकाठमाडौं, १९ फागुन
    १२७२ पटक
    काठमाडौं, १९ फागुन

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला दान गर्न समीक्षा संग्रौला ज्ञवाली त्रिवि शिक्षण अस्पताल पुगेकी छन् । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गर्नुपरेपछि उनलाई मृगौला दान गर्न समीक्षा अस्पताल पुगेकी हुन् ।

    बुधबार मृगौला प्रत्यारोपण गर्ने समय तय्य गरिएपछि प्रम ओली सोमबार साँझ नै अस्पताल भर्ना हुदैछन । उनको मृगौला प्रत्यारोपण गर्न डा.प्रेमराज ज्ञवालीको टोली खटिएको छ । मृगौला प्रत्यारोपणका लागि भारतबाट समेत चिकित्सक झिकाइएको बताइएको छ ।

    यस अघि १२ वर्ष अगाडी ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो । त्यतिबेला उनलाई भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मृगौला प्[रत्यारोपन गरिएको थियो । भाइबुहारी अन्जान घिमिरेले उनलाई मृगौला दिएकी थिइन् ।

    यतिबेला पहिलेको मृगौलाले काम गर्न छाडेपछि दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लागिएको हो । ओलीलाई अहिले नातामा ‘भान्जी’ पर्ने समीक्षा संग्रौला ज्ञवालीले मृगौला दिन लागेकी हुन् । ३२ वर्षीया समीक्षा झापाकी हुन् ।ओलीलाई पहिलोपटक मृगौला दिने अन्जान घिमिरेकी भान्जी हुन् । सोही कारण प्रधानमन्त्री ओलीको पनि ‘भान्जी’ नाता परेकी हुन् ।

    आइतबारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई मृगौला दान दिने महिलाबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीले सचिवालयका सदस्यहरूलाई मृगौला दाताका रूपमा चिनाइएकी ३२ वर्षीया समीक्षा झापाकी हुन् । यस अघि मृगौला दिने अन्जान घिमिरेकी उनी भान्जी भएकाले प्रधानमन्त्री ओलीले पनि ‘भान्जी’ भनेका हुन् ।

    ३२ वर्षिया समीक्षाका दुई सन्तान छन् । उनका पतिले पनि मृगौला दिन मन्जुरी दिएको देखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...