News Portal

  • संसद्‍मा हाजिर गरेपछि पूरै समय बस्न सांसदलाई दलको निर्देशन

    इभक्तपुर संवाददाता
    ८७० पटक

    काठमाडौ, २१ फागुन । संसद्‌मा हाजिरी गर्ने तर अन्तिमसम्म नबस्दा विधेयकहरू टुङ्गिन नसकेको भन्दै सांसदहरूलाई यस्तो निर्देशन दिएको नेकपा र नेपाली काङ्ग्रेसले बताएका छन्। जारी विधेयक अधिवेशनमा चारपटक प्रतिनिधि सभाको बैठक स्थगित भएको प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीले जानकारी दिए। योगीले भने, सांसदहरू उपस्थित हुने तर पूरा समय सदनमा नबस्ने गरेको देखिएको छ।

    एक दिन ५४ जना मात्रै सांसद, दुई दिन ५८र५८ र एक दिन ६५ सांसदमात्रै भएर संसद् स्थगित भएको छ। संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव दर्ता गर्न वा निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको एक चौथाइ सदस्य अर्थात ६९ जना सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ । तर पछिल्ला बैठकहरूमा एक चौथाइ सांसद पनि नभएपछि त्यसबारे आफूले सांसदहरूको ध्यानाकर्षण गराएको नेकपाका प्रमुख सचेतक देव गुरुङले बताए।

    गुरुङले भने, एजेण्डाहरू निर्णयार्थ प्रस्तुत हुँदाचाहिँ अनिवार्य रुपमा उपस्थित भइदिन र संसद् अवधिभर बसिदिन पछिल्लो समय दिनदिनैजसो भनिरहेका छौँ।कतिपय सांसदहरू जिल्लामा काम छ भनेर जाने गर्दछन । त्यस्तो बेला त केही भन्न मिलेन।उनले थपे, तर संसद् आएर पूरा समय नबसिदिएको विषयमा हामीले पटकपटक भनेका छौँ। संसद्‌मा सरकारले पेश गरेको प्रस्ताव पारित गराउने दायित्व सत्तारूढ दलको हुन्छ तर नेकपासँग झण्डै दुई तिहाइ सांसद सङ्ख्या हुँदा पनि कुनै पनि प्रस्ताव पारित गर्न संसद् बैठक सञ्चालनका लागि चाहिने सदस्य पनि नपुग्ने गरेको छ।

    संसदमा सरकारका प्रस्तावमा प्रश्न उठाउनुपर्ने प्रतिपक्षकै पनि सहभागिता उत्साहजनक नहुने गरेको बताइन्छ। प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुषालले त्यस्तो समस्या आफ्नो पार्टीका सांसदमा देखिएको स्वीकार गर्दै त्यसबारे निरन्तर निर्देशन दिएको बताइन्। भुषालले भनिन , प्रमुख प्रतिपक्षीका रूपमा हाम्रा सांसदहरूलाई पनि पूरा समय बस्न निर्देशन दिएका छौँ तर पछिल्लो समय सत्तापक्षका सांसदहरू सदनमा प्रस्ताव पारित गर्ने बेलामा नदेखिएको पाइएको छ ।त्यतिबेला सङ्ख्या पुर्याउने जिम्मेवारी त उनिहरूको हो।

    सांसदहरू पूरा समय सदन नबस्ने कारणले गर्दा विधेयकहरू रोकिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले दुवै दलको ध्यानाकर्षण गराइसकेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए। न्यौपानेले भने, संसद् सुरु हुँदा १७०र१८० जना सांसद हुने अनि एकरदुई घण्टा समय बित्दा गणपूरक सङ्ख्या पनि बाँकी नरहने क्रम बढ्दै गएपछि सभामुखले कुरा उठाउँदै छन।

    संसद्‌मा एक चौथाइ सांसद उपस्थित नभएका बेला प्रस्ताव निर्णयार्थ पेश गर्न खोजिए प्रतिपक्षी दलले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गर्न पाउँछन्। त्यसरी आपत्ति जनाएपछि तीन मिनेट घण्टी बजाएर उपस्थित सांसदको सङ्ख्या गणना गरिन्छ र ६९ जना सदस्य उपस्थित भएको नपाइए बैठक स्थगित हुन्छ। संसद् चलेको दिन हाजिर भएपछि सांसदहरूले बैठक भत्ता र सवारीसाधनको भाडा दुई हजार रुपैयाँ पाउँछन्।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...