News Portal

  • प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण सफल

    भक्तपुरपोष्ट संवाददाता२१ फागुन २०७६
    १०७५ पटक
    २१ फागुन २०७६

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ। बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन्। भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको शरीरमा प्रत्यारोपणपछि काम गर्न थालेको एक चिकित्सकले बताए।

    ‘प्रधानमन्त्रीको शरीरमा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको छ’, ती चिकित्सकले भने, ‘नयाँ मिर्गौलाले काम गर्न थालेको छ। प्रधानमन्त्रीले पिशाव पनि फेरेका छन।’ उनका अनुसार नयाँ मिर्गौलाले काम गर्न थालिसकेकाले अहिले प्रधानमन्त्रीको काटिएको शरीरको घाउमा टाँका लगाउने काम भइरहेको छ। ‘प्रत्यारोपणपछि प्रधानमन्त्रीले पिशाव पनि गरेका छन ।

    ती चिकित्सकले भने, ‘नयाँ मिर्गौलाले काम गर्न थालेपछि पहिलो स्टेपको ‘डेन्जर जोन’ पार भयो । अबको केहीबेरमा प्रत्यारोपणको सबै काम सकिन्छ।’ प्रत्यारोपणपछिको करिब २ घण्टामा प्रधानमन्त्रीको होस फर्किने ती चिकित्सकले बताए। ‘टाँका लगाइसकेपछि डेढ दुईघण्टामा होस आउँछ’, उनले भने, ‘यसबारेमा अस्पतालले साढे चार बजे पत्रकार सम्मेल गरेर विस्तृत जानकारी गराउनेछ।’

    अब चिकित्सकहरुले नयाँ मिर्गौलाबारे तीन घण्टा पछाडिको अवस्था हेर्नेछन्। त्यसपछि तीन दिन र एक सातासम्म मिर्गौलाले अहिले जस्तै काम गरे ढुक्क हुने चिकित्सकहरुको भनाइ छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...