News Portal

  • गोरखामा जिप दुर्घटना हुँदा गापा सचिवको मृत्यु, उपाध्यक्ष घाइते

    भक्तपुरपोष्ट संवाददाता२२ फागुन २०७६
    ६८३ पटक
    २२ फागुन २०७६

    गोरखा । गोरखाको धार्चे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    गाउँपालिकाको काशीगाउँमा अपाड्गता परिचयपत्र वितरणका लागि गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुडलगायत आठ जना सवार बा १ च ५५०५ नम्बरको जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका वडा नं। ६ वडा सचिव किरण रिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते उपाध्यक्ष सहित सात जनालाई उपचारका लागि काठमाडौं पठाउँने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । गएराती आरुघाटबाट काशीगाउँ हिडेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नं। १ स्थित धोरतको जंगलमा दुर्घटना भएको थियो ।

    दुर्घटना स्थल अप्ठ्यारो ठाउँमा भएकाले घाइतेको उपचारमा समस्या भएको स्थानीयले जनाएका छन् । प्रहरी प्रमुख अधिकारीले घाइते सबैलाई उपचारका लागि काठमाडौं पठाउँने तयारी अनुसार नेपाली सेनाको हेलिकप्टर मगाइएको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...