News Portal

  • विद्यालयमा चाँडै बिदा तर एसईई नरोकिने

    भक्तपुरपोष्ट संवाददाता२३ फागुन २०७६
    ८२८ पटक
    २३ फागुन २०७६

    विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिएकाले नेपालमा पनि चासो र चिन्ता देखिएको छ । नेपालमा पनि भाइरस सङ्क्रमण फैलिए दुई सातापछि हुन लागेको माध्यमिक शिक्षाको परीक्षा अर्थात् एसईई के गर्ने भन्ने प्रश्न उठेको बेला सरकारले परीक्षाको तालिकामा कुनै परिवर्तन नहुने जनाएको छ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दहालले आवश्यक सावधानी अवलम्बन गरी परीक्षा सञ्चालन हुने बताएका छन् । यसपालि एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुन लागेको छ। सचिव दहालका अनुसार एसईईका परीक्षार्थीलाई सङ्क्रमण भएको शङ्का लागे छुट्टै राखेर परीक्षा दिन लगाउने विषयमा स्वास्थ्य मन्त्रालयसँग कुरा भइरहेको छ। ‘एसईई परीक्षा सार्न सकिने अवस्था छैन। लगभग सबै क्षेत्रमा प्रश्नपत्रहरू पुगिसकेका छन्,’ दाहालले भने।’कुनै विद्यार्थीलाई ज्वरो आयो वा रुघाखोकी लागेको छ भने छुट्टै राखेर परीक्षा दिन लगाउने व्यवस्था गर्ने भनेर सल्लाह गरेका छौँ। सम्भवत: त्यो अनुसारको सूचना हामी चाँडै जारी गर्छौं।’

    शैक्षिक सत्र चाँडै सक्न निर्देशन

    नेपालमा अहिलेसम्म एक जनालाई मात्र कोरोनाभाइरस भएको पुष्टि भएको छ। तर ती व्यक्तिलाई पनि निको भइसकेको छ।तर कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन केही दिनअघि सरकारले धेरै मानिस भेला हुने सभा, सम्मेलन, भोजजस्ता कार्यक्रम नगर्न सबैलाई आग्रह गरेको थियो।

    धेरै मानिस जम्मा हुने स्थानमा विद्यालय पनि पर्छन्। त्यसैले यसपालि शैक्षिक सत्र केही समयअघि नै सक्न निर्देशन दिइएको शिक्षा मन्त्रालयले जनाएको छ।सरकारले देशभरि रहेका झन्डै ३५,००० विद्यालयमा कक्षा १ देखि ९ सम्मका सबै परीक्षा चैत ५ सम्म सम्पन्न गरेर बिदा दिन निर्देशन जारी गरिएको छ।

     परीक्षाकेन्द्रमा निगरानी
    एसईई परीक्षामा लाखौँ विद्यार्थी सहभागी हुन्छन् । सचिव दहालका अनुसार स्वास्थ्य मन्त्रालयसँग सहमति भए प्रत्येक परीक्षाकेन्द्रमा कम्तीमा एक स्वास्थ्यकर्मी राखेर निगरानी गरिनेछ। त्यस विषयमा स्वास्थ्य मन्त्रालयसँग छिटै छलपल गर्ने उनले बताए । त्यसका लागि निजी र सरकारी दुवैथरी विद्यालयका प्रतिनिधि, स्थानीय सङ्घ र महासङ्घका प्रतिनिधि र उपत्यकाभित्र शिक्षा अधिकारीसँग पनि यो विषयमा कुरा भइसकेको उनले बताए।

    निजी विद्यालयहरूको सङ्गठन प्याब्सनको केन्द्रीय कार्यसमितिका सहअध्यक्ष डीके ढुङ्गानाले शैक्षिक सत्रबारे गरेको निर्णयले पाठ्यक्रमलाई खासै असर नपार्ने बताएका छन् । ‘विगतका वर्षहरूमा पनि चैत १० सम्म प्राय: सबैतिर परीक्षा सकिन्थ्यो। अहिले सङ्क्रमणको जोखिम विश्वव्यापी रहेका बेला सरकारको निर्णय सकारात्मक रूपमा लिनुपर्छ,’ ढुङ्गानाले भने

    सरकारको निर्णयानुसार प्राय: धेरै विद्यालयले फागुन २८ गतेदेखि परीक्षाको मिति तय गरेर चैत ५ गतेसम्म पढाइ सकिसक्नेगरी तयारी भइरहेको पनि उनले बताए।

    निर्णयको स्वागत
    सरकारले शैक्षिक सत्र चाँडै सक्न गरेको निर्णय स्वागतयोग्य भए पनि त्यसो गर्न केही ढिला भएको शिक्षाविद् मनप्रसाद वाग्लेले बताए।

    ‘सङ्क्रमणको जोखिम अलि अगाडिदेखि नै थाहा भएको हो। सरकारले शैक्षिक सत्रबारे अलि चाँडै निर्णय गरिदिएको भए विद्यालयहरूलाई अलि सहज हुन्थ्यो। तर पनि सरकारले गर्नैपर्ने निर्णय गरेको छ,’ शिक्षाविद् वाग्लेले भने। परीक्षा सकिने बेलासम्मका लागि पनि विद्यालयमा स्वास्थ्यबारे सतर्कता अपनाउन निर्देशन दिइएको सचिव दहालले बताएका छन्।

    ‘विद्यालयमा सङ्क्रमणबाट जोगिन सचेतना कार्यक्रम पनि चलाउन आवश्यक देखिएकोले न्यूनतम सावधानीका उपायबारे, विद्यालयभित्र र घरमा अपनाउनुपर्ने सुरक्षाका उपायबारे सूचना सम्प्रेषण गरेका छौँ,’ दाहालले भने। सङ्क्रमण नहुँदा र यदि सङ्क्रमण देखियो भने के गर्ने भन्ने दुवैखाले परिस्थितिबारे छलफल भइरहेको उनले बताए।

    ‘भोलि परिस्थित कसरी अगाडि बढ्छ त्यसैअनुसार काम गर्नका लागि हामी उच्चस्तरीय र अन्य बैठकहरू गरिरहेका छौँ,’ सचिव दहालले भने। भोलि अवस्था बिग्रिँदै गए के गर्ने भन्ने रणनीति र आफूले चाल्ने कदमको समीक्षा गरेर त्यसमा परिवर्तन गर्दै लैजाने उनले बताए।

    विविसीबाट

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...