News Portal

  • सांसद चौधरीले मागे प्रधानमन्त्री र वनमन्त्रीको राजीनामा

    इभक्तपुर संवाददाता
    १३२५ पटक

    िकाठमाडौँ, २३ फागुन । प्रतिनिधिसभाको बैठकमा सांसद तेजुलाल चौधरीले प्रधानमन्त्री केपी शर्मा ओली र वन मन्त्री शक्ति बस्नेतको राजीनामा मागेका छन । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले प्रधानमन्त्रीको राजिनामा माग गरेका हुन् ।

    उनले प्रधानमन्त्रीको स्वास्थ्यका साथै देशको पनि चिन्ता लागेको बताउदै भ्रष्टाचारी भाइरसले देशको मुटु, फोक्सो, कलेजो र नसामा पसेर आम जनताको रगत र पसिना चुसेकोमा चिन्ता लागेको बताए । उनले प्रधानमन्त्रीले आसेपासे भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै राजीनामा माग गरे । उनले भने–‘शरीरको अंग भएर पनि काम नलाग्ने भएपछि फेर्न पर्दो रहेछ नी ।

    त्यसैले आफ्नो आसे पासे भएपनि देश र जनताको लागि काम नलाग्ने भएपछि किन अहिलेसम्म भ्रष्टाचारीलाई कारवाही भइरहेको छ । नैतिकताको आधारमा राजीनामा दिन जोडदार माग गर्न चाहन्छु ।’

    सांसद दिल कुमारीले वन मन्त्री शक्ति बस्नेतको राजीनामा माग गरेकी छिन् । उनले राजतन्त्र सकिएपनि मन्त्रालयमा राणाशासन रहेको उल्लेख गर्दै वन मन्त्रालयमा आफूमाथि दुर्व्र्यवहार भएको बताएकी छिन् । उनले मन्त्रीको स्वकीय सचिव र कर्मचारीले समानुपातिक कि प्रत्यक्ष निर्वाचित भनेर प्रश्न गरेको गुनासो गरेको बताइन् । उनले वन मन्त्रीको राजीनामा माग गर्दै उनका स्वकीय सचिव धिरज उप्रेतीले हदैसम्मको अपमान गरेको बताइन् ।

    यस्तै नेपाली काँग्रेसकी सांसद डिला संग्रौलाले सेक्युरिटी प्रिटिङ प्रेस प्रकरणमा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारवाही गर्न माग गरेकी छिन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै संग्रौलाले भ्रष्टाचारले कोरोना भाइरसले जस्तै तर्साएको बताइन् । उनले प्रधानमन्त्रीले आत्मविश्वासले रोगलाई जित्न सकेपनि भ्रष्टाचारलाई जित्न नसकेको बताइन् । प्रधानमन्त्रीे भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै उनले सेकुरिटी प्रिटिङ्ग प्रेसमा भएको करोडौँ भ्रष्टाचारको छानविन गर्न आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...