News Portal

  • अनिश्चितकालका लागि विद्यालय र कलेज बन्द गर्न अनेरास्ववियूको माग

    भक्तपुरपोष्ट संवाददाता२३ फागुन २०७६
    ११६७ पटक
    २३ फागुन २०७६

    काठमाडौँ । विश्वव्यापी फैलिइरहेकाे कोरोना भाइरसको कारण देखाउँदै नेकपाको भातृसंगठन अनेरास्ववियूले विद्यालय र कलेज बन्द गर्न सरकारसँग माग गरेको छ ।

    सरकारले उपचार र सतर्कता अपनाउन आह्वान गरे पनि विद्यालय, कलेज, विश्वविद्यालय सुचारु भइरहनुले दुविधायुक्त अवस्था सृजना भएको हुँदा उच्च सतर्कता अपनाउँदै तत्काल अनिश्चितकालका लागि स्कुल, कलेज बन्द गर्न सरकारसँग माग गरेको अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले बताए।

    अनेरास्ववियूले काेराेना भाइरससँग लड्‍न सबै प्रकारको सतर्कता र प्रभावकारी उपचारको वातावरण बनाउन पनि सरकार समक्ष माग गरेको छ।

    चीनको बुहान शहरमा देखा परेको उक्त कोरोना भाइरसले विश्वभर महामारीको रुप लिन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले पटक पटक चेतवानी दिइरहेको बेला सह–संयोजक  तामाङले सामाजिक सञ्जाल मार्फत सो कुरा बताएका हुन । उनले महामारीको आतंकले बजारमा भइरहेको कालोबजारी रोक्न समेत माग गरेका छन ।

    हेर्नुहोस उनको फेसबूक स्टाटस ।

    बिश्वभरि फैलदो कोरोना भाईरसका कारण बिश्वसमुदाय उच्च सतर्कता अपनाएको छ ।
    यस महामारीको सामना गर्न उच्च सतर्कता अपनाउन नेपाल सरकारको गम्भि ध्यानाकर्षण गराउदछौ ।
    यस महामारीका कारण ज्यान गुमाउनेको संख्या बढ्दो छ, संक्रमितको संख्या पनि उस्तै छ,
    मानिसहरुमा भय र आतंक ब्याप्त छ ।

    बिश्व स्वस्थ्य संगठनले नेपाललाई कोरोना भाईरसको उच्चजोखिम भएको देशमा सुचिकृत गरेको छ ।
    सरकारले उपचार र सतर्कता अपनाउन आह्वान गरे पनि त्यो पर्याप्त तयरि मानेर चित्त बुझाउने स्थिति छैन ।
    भिड(भाड,बिबाह,भोज नगर्न भने पनि बिध्यालय( कलेज,विश्वविध्यालय सुचारु भईरहनु दुबिधायुक्त अवस्था सृजना भएको ले उच्च सतर्कता अपनाउदै तत्काल अनिश्चित कालका लागि स्कुल कलेज बिदा गर्न जोडदार माग गर्दछौ ।
    यस रोग संग लड्न सबै प्रकारको सतर्कता र प्रभावकारी उपचारको वातावरण बनाउन सरकार समक्ष अनेरास्वबियू माग गर्दछ ।
    यस महामारीको सामना गर्न सरकारले आवश्यक ठाने अनेरास्वबियू स्वयम सेवक बनेर सरकारलाई सहयोग गर्न तयार रहेको जानकारी गराउदछौ ।

    साथै देशभरिका अनेरास्वबियूका नेता कार्यकर्तालाई बिध्यार्थी,आम नागरिकमा कोरोना भाईरस बारे जानकारी दिन, जनचेतना मुलक सन्देश प्रबाह गर्न, उपचार र सतर्कता अपनाउन हार्दिक अपिल गर्दछौ ।
    साथै महामारीको आतंकले बजारमा भैरहेको कालो बजारी,महंगी र कृतिम अभाव रोक्न प्रभावकारी अनुगमन तथा नियमन गर्न पनि सरकारलाइ जोडदार माग गर्दछौ ।
    आऔ सबै मिलेर महामारीको सामना गर्न हातेमालो गरेर जुटौ ।
    धन्यवाद ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...