News Portal

  • कारखाना शैक्षिक मेला स्थगित

    भक्तपुरपोष्ट संवाददाता२३ फागुन २०७६
    ८४६ पटक
    २३ फागुन २०७६

    काठमाडौं । एकहप्ता चल्ने भनिएको कारखाना शैक्षिक मेला स्थगित भएको छ । सार्वजनिक जमघटबाट टाढा रहन सरकारले गरेको  अपिललाई ध्यानमा राखेर सुरक्षालाई प्राथमिकता दिँदै मेला स्थगित गरिएको आयोजकले जनाएका छन् ।

    फाल्गुन २४ गतेदेखि चैत १ गतेसम्म मेला सञ्चालन हुने तय भएपनि स्थगित गरिएको हो ।

    मेला स्थगित भएपनि कारखानाको कार्यालयमा आएर शैक्षिक साम्रगीको अवलोकन भ्रमण गर्न सकिने कारखानाले स्पष्ट पारेको छ ।

    बालबालिकाहरुका लागि सिकाइका अनुभवहरू डिजाइन गर्ने  मेकरस्पेसको रुपमा चिनिएको कारखानाले पाठ्यक्रममा आधारित भएर शैक्षिक सामग्री निर्माण गर्ने र सिकाइलाई फरक ढङ्गले अगाडि बढाउन प्रयास गर्दै आइरहेको छ ।

    हाल काठमाडौंका अलावा पोखरा, विराटनगर, बुटवल, चितवन साथै   भारत, बंगलादेश, दुबई तथा अन्य दक्षिण एसियाली देशहरुमा पनि कारखानाका कार्यक्रमहरु फैलिएका छन् ।

    ६० जना उस्तै विचारधाराका भएका व्यक्तिहरूको टोलीले यो संस्था चलाउँदै आएका छन् । कारखानाले प्रत्येक हप्ता लगभग ६००० जना विद्यार्थीहरूलाई स्टीमका (STEAM-Science, Technology, Engineering, Arts & Design, Mathematics ) कार्यक्रमहरू संचालन गरी, पढाइ सामग्री (किट्स)का मध्यमबाट सिकाइलाई सहजीकरण गर्दै आइरहेको छ ।

    सन् २०१२ सालमा स्थापना गरिएको कारखानाको मुख्य उद्देश्य भनेको बालबालिकाहरूलाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिकाहरू देखाउँदै, केही बनाउदै पढ्न सिकाउने भएको जनाइएको छ ।

    हरेक कक्षाकोठा नै ल्याब हुन् भन्ने मान्यता बोकेको कारखानाले किताब र विज्ञान विषयको पढाइ सामग्री विशेषगरी शिक्षकले भोग्ने चुनौतीलाई सोचेर तयार पार्दै आइरहेको छ ।

    बालबालिकाले आफ्नो ज्ञानलाई किताबभन्दा बाहिर पनि विस्तार गर्नुपर्छ भन्ने कुरा कारखानाले जोड दिँदै आएको छ ।

    बालबालिकालाई रमाइलो लाग्ने खालका विषय  प्रविधि, गेमिङ, रोबोटिक्स, एनिमेसन, क्राफ्ट जस्ता कार्यक्रम तयार परेर बालबालिकाहरुलाई सफ्ट स्किल र क्रिटिकल थिङ्किङ सिकाउन काम कारखानाले गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...