News Portal

  • ‘मौसमी फ्लुको समय हो, रुघाखोकी लाग्दैमा आत्तिनु पर्दैन’

    भक्तपुरपोष्ट संवाददाता२४ फागुन २०७६
    ८३० पटक
    २४ फागुन २०७६

    कोरोनाभाइरस सङ्क्रमणको शङ्कामा अस्पतालमा उपचार गर्न आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको भन्दै मानिसहरूलाई त्यसरी नआत्तिन बरू त्यसबारे सचेत रहन चिकित्सकहरूले सुझाएका छन्।खासगरी कोरोनाभाइरस र अन्य रोगको लक्षण पनि उस्तै हुने गरेकोले बिरामीहरू बढी आत्तिएको पाइएको चिकित्सकहरूको अनुभव छ।

    तर मार्च/एप्रिल महिना मौसमी रुघाखोकी देखापर्ने भएकोले रुघाखोकी वा सामान्य ज्वरो देखा पर्दैमा कोरोनाभाइरस सङ्क्रमणको आशङ्कामा अस्पताल गइहाल्नु नपर्ने शुक्रराज शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रका चिकित्सक डा. शेरबहादुर पुनले बताए।

    “सामान्य रुघाखोकी लागेर पनि उपचार गर्न आउने बिरामीको सङ्ख्या बढेको छ। उपचारमा आउने सबैजसोले कोरोनाभाइरस पो हो कि भनेर सोध्छन्। हाम्रो देशमा सङ्क्रमित एकजना पनि छैनन्। यसरी आत्तिइहाल्नुपर्दैन,” पुनले बीबीसीसँग भने।

    मौसमी रुघाखोकी र ज्वरोबाट बच्ने उपाय
    पछिल्लो समय कोरोनाभाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा देखिएका बेला उक्त भाइरसलाई लिएर मानिसमा सन्त्रास फैलिएको देखिन्छ।तर नेपालमा सङ्क्रमित नदेखिएका बेला मानिसहरू सचेत हुनुपर्ने तर आत्तिनु नपर्ने डा. पुन बताउँछन्।”अहिलेको मौसम मौसमी रुघाखोकीको हो। यस्तो बेला रुघाखोकी लाग्नु स्वाभाविक हो। हामी कोरोनाभाइरस भनेर होइन कि विगतमा जस्तै स्वाइनफ्लु, हङकङफ्लु हुनसक्छ। त्यसबारे उपचार गर्ने हो,” डा. पुनले भने।

    कोरोनाभाइरसको शङ्का कहिले गर्ने?

    कोरोनाभाइरसको लक्षण पनि अन्य फ्लुसँग मिल्दोजुल्दो भएकोले मानिसहरूलाई शङ्का लाग्नु स्वभाविक भएको उनी बताउँछन्।तर खोकी लागेको, ज्वरो आएको र छाती दुखेको वा सास फेर्दा असजिलो भएको महसुस भए मात्रै कोरोनाभाइरसको सङ्क्रमण हुन सक्ने उनी बताउँछन्।

    “तर त्यसमा पनि पछिल्लो दुई सातामा कुनै पनि सङ्क्रमण देखापरेको देशबाट उक्त मानिस आएको छ वा ती देशबाट आएका मानिसको नजिक पुगेको छ भने मात्रै कोरोनाभाइरसको शङ्का गर्ने हो,” उनले भने।जनस्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा वैज्ञानिक डा. समीरमणि दीक्षित पनि मानिसहरू रुघाखोकी लाग्दैमा कोरोनाभाइरसको शङ्का गर्न नहुने बताउँछन्।

    “पछिल्लो समय खासगरी बच्चाहरूलाई रुघाखोकी लागेपछि आमाबुवा डराएको देखिन्छ। बच्चामा त कोरोनाभाइरसको सङ्क्रमण हुने खतरा एकदमै कम हुन्छ,” दीक्षितले  भने।खासगरी ज्वरो आएको, खोकी लागेको र उमेर ६० नाघेको भए मात्रै जोखिम बढी हुने उनी बताउँछन्।

    मौसम परिवर्तन भएसँगै पनि कतिपय मानिसले कोरोनाभाइरसको सङ्क्रमणको जोखिम बढेको हो कि ठान्ने गरेको बताइन्छ।तर डा. दीक्षित भन्छन्, “पानी पर्‍यो वा मौसम चिसो भयो भनेर डराउनु पर्दैन। चिसो मौसममा भाइरसको सङ्क्रमण हुनसक्ने जोखिम धेरै रहन्छ। तर यसलाई हाम्रो सन्दर्भमा हेर्नु आवश्यक छैन। मौसमी रुघाखोकीको समय भएकोले त्यस्तो बेला घरेलु उपचार गर्दा पनि हुन्छ।”विविसीबाट

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...