News Portal

  • सरकार असफल भए प्रतिगमनको खतरा -नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

    भक्तपुरपोस्ट संवाददाता काठमाडौँ, २४ फागुन
    १०७० पटक
    काठमाडौँ, २४ फागुन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले वर्तमान सरकार असफल भए विदेशी हस्तक्षेप अथवा प्रतिगमनको खतरा रहेको बताएका छन् ।

    शनिबार ललितपुरमा आयोजित प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले यो सरकार असफल भए कुनै न कुनै ढंगबाट विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा उत्पन्न हुने बताएका हुन् ।

    उक्त अवसरमा नेकपाको प्रचार बिभाग प्रमुख समेत रहेका प्रवक्ता श्रेष्ठले पत्रकारहरु सरकारलाई सफल बनाउने कुरामा आलोचनात्मक चेत सहित प्रस्तुत हुनुपर्ने आवस्यकता समेत औल्याए ।” सरकार फेल भए जनतामा फ्रस्ट्रेसन हुन्छ र यसले हस्तक्षेप वा प्रतिगमनलाई सहयोग पुग्छ ।” उनले भने ।

    नेपालको आर्थिक, सामाजिक, सास्कृतिक लगायतका क्षेत्रहरुको रुपान्तरणको लागि महत्वपूर्ण जिम्मेवारी प्रेस संगठनका पत्रकाहरुको रहेकोमा जोड दिंदै उनले पत्रकार सतही हुनुनहुने बताए । क्रियाशिल, अध्ययनशिल, विवेकशिल र जिम्मेवार पत्रकार नै वास्तविक क्रान्तिकारी पत्रकार हुने उल्लेख गर्दै उनले मुलुक रुपान्तरण गर्न कुनै पार्टी र गुटको पर्चाकार नभई राम्रो पत्रकार हुनुपर्नेमा जोड दिए । “तपाईंहरु पार्टीको पर्चाकार हुनु भनेको होइन, आलोचनात्मक चेत तथा तथ्य प्रमाण र अध्ययनको गहिराइमा गएर जनपक्षीय पत्रकारिता गर्नुस् भन्ने हाम्रो चाहना हो।” उनले भने ।

    कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य तथा वागमती प्रदेश कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रेस संगठन संख्यात्मक रुपले मात्र बलियो भएर नहुने बताउदै गुणात्मक रुपमा विकास र विस्तार गर्नु अपरिहार्य रहेको बताइन । उनले संगठनमा महिला पत्रकारको सहभागित बढाउनुपर्नेमा जोड दिंदै संगठन तथा पार्टीलाई समानुपातिक तथा विभेदमुक्त बनाउनुपर्ने बताएकी थिइन् ।

    नेकपा बागमती प्रदेशका अध्यक्ष नारायण दाहालले बागमतीले संगठन एकताका कार्यहरु सम्पन्न गरी सकेको उल्लेख गर्दै आम नेपाली जनताको बिचमा संगठनलाई सुदृढ तथा एकतावद्ध बनाउँदै लैजाने बताए । बागमती प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले अध्यक्षद्वय ओली र प्रचण्डको एकै स्वर हुनेमा निश्चिन्त रहन भन्दै पार्टी एकढिक्का भएर अघि बढ्ने बताए । पार्टी लाइ कमजोर पार्ने कुरा कहिकतैबाट हुनुनहुनेमा जोड दिंदै पोखरेलले प्रेस जगत यसमा थप प्रतिवद्ध हुनुपर्ने प्रष्ट पारेका थिए ।

    प्रेस संगठनका इन्जार्च तथा केन्द्रीय सदस्य राजेन्द्र गौतमले प्रत्येक नेकपामा आवद्ध संगठनका सदस्यहरुले हामी नेकपाका सदस्य हौं भन्ने भावनाको विकास गर्नुपर्ने आवश्यकता औल्याएका थिए भने पार्टीको केन्द्रीय सदस्य, प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहाकार सूर्य थापाले संगठनलाई लोभलाग्दो र भरलाग्दो बनाउनुपर्नेमा जोड दिँदै सरकारका राम्रा कामहरु प्रेस जगतले बाहिर लैजान कन्जुस्याई गर्नु नहुने बताए ।

    कार्यक्रममा संगठनका केन्द्रीय संयोजक महेश्वर दाहालले प्रदेश तथा जिल्लाका सदस्यहरुलाई सपथ ग्रहण गराउँदै पार्टीकै गतिशिल र एकिकृत ढंगले संगठन अघि बढेको उल्लेख गर्नुभयो । पार्टी, सरकार र जनताबीच जोड्ने महत्वपूर्ण जिम्मेवारी प्रेस संगठनको रहेको उल्लेख गर्दै उहाँले पार्टी र संगठनको एजेण्डाहरु गतिशिल र उत्कृष्ट हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल, न्युनतम पारिश्रमिक समितिका अध्यक्ष तथा पूर्वसंगठनका अध्यक्ष राजेन्द्र अर्याल,संगठनका पूर्वअध्यक्ष गगन विष्ट, संगठनका सहसंयोजक गणेश बस्नेत,वरिष्ठ केन्द्रीय नेता बलराम थापा,उपत्यका प्रदेश कमिटी इन्चार्ज सूरोजंग पाण्डे,ललितपुरका संयोजक ईश्वरराज ढकाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

    प्रेस संगठन नेपालको उपत्यका प्रदेश कमिटी संयोजक नवराज दाहालको अध्यक्षता एवं सहसंयोजक प्रकाश सिलवालको संचालन रहेको उक्त कार्यक्रममा उपत्यका प्रदेश कमिटीका साथै भक्तपुर, ललितपुर र काठमाडौँ जिल्ला कमिटीको समेत सपथ ग्रहण सम्पन्न गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...