News Portal

  • ड्युटीमा रहेका ३० वर्षिय जवानद्वारा आफैमाथि गोली प्रहार

    भक्तपुरपोष्ट संवाददातासर्लाही, २५ फागुन
    १११२ पटक
    सर्लाही, २५ फागुन

    सर्लाही, २५ फागुन ।  सशस्त्र प्रहरीका एक जवानले आफैंमाथि गोली हानेका छन् । ड्युटीमा बसिरहेका उनले आफैलाई गोली हानेका हुन् ।

    ३० वर्षिय जवान आनन्द मिश्रले आफैंमाथि गोली प्रहार गरेपछि उनको अवस्था चिन्ताजनक छ । उनी गम्भीर घाइते भएका छन् । उनको घाँटीमा गम्भीर चोट लागेको छ ।  उनी सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासीमा कार्यरत सिपाही हुन् ।

    ३० वर्षिय जवान मिश्रले आफैंले बोकेको एसएलआरबाट आफैंलाई गोली हानेको प्रहरीको भनाइ छ । सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले मिश्रले आफैंलाई घाँटीमा गोली प्रहार गरेको जानकारी दिएका हुन् ।

    जिल्ला अस्पताल मलङ्गवामा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई वीरगञ्ज पुर्याइएको छ । सर्लाही नै घर भएका मिश्रले किन आफैलाई गोली हाने खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाको थप अनुसन्धान भैरहेको भनेको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...