News Portal

  • कक्षा छाड्नै मान्दैनन् बाल विकासका नानी

    राजन रावत/हुम्ला २५ फागुन २०७६
    १५१८ पटक
    २५ फागुन २०७६

     

    खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ४ को छिप्रा गाउँमा रहेको सीता माविको बाल विकासमा  सिक्ने साना–साना नानीहरुले कक्षा छाड्नै मान्दैनन् । कक्षा कोठामा नानीहरु प्रवेश गरेपछि भित्रको रमणीय वातावरणका कारण नानीहरुले कक्षा छाड्न नमानेका हुन् ।

    बाल विकासकी सहयोगी कार्यकर्ता वीरकला उपाध्यायका अनुसार नानीहरु कक्षामा प्रवेश गरेपछि छाड्नै नमान्ने गरेको बताईन । उनले कक्षा भित्रको रमणीय वातावरणकै कारण नानीहरुले कक्षा छाड्न नमानेका हुन् ।

    दिउँसो टिफिनको बेला कक्षा बाहिर नआएरै भित्र बस्ने गरको र दिसा पिसाब पनि सोधेर लिनु पर्ने अवस्था छ । सहयोगी कार्यकर्ता उपाध्ययले बेलुका छुट्टी भएपछि पनि सबै नानीहरुलाई जबरजस्ती निकाल्नु पर्ने बाध्यता रहेको बताइन् ।

    अर्को सहयोगकी कार्यकर्ता राम बहादुर हमालको भोगाई पनि यो भन्दा फरक छैन । न्यून पारिश्रमिक भएपनि दुबै जना सहयोगी कार्यकर्ताहरुले दिलो ज्यान दिएर नानीहरुलाई पठन–पाठन गर्दै आउनु भएको छ ।  विद्यालयले आन्तरिक श्रोतबाट नयाँ शैक्षिक सत्रदेखि बाल विकासका दुवै कक्षाहरुमा नयाँ व्यवस्था गरेको हो ।

    गत वर्षसम्म कार्पेट बिछ्याएको कोठामा टेलिभिजनबाट सानानानीहरुका लागि सामग्री हेर्ने व्यवस्था गरिएकोमा यसपालीबाट कक्षामा थप शैक्षिक सामग्रीहरुको अन्य तरिकाबाट अध्ययन गर्ने व्यवस्था गरिएको सीता माविका प्रधानाध्यापक जुनराज हमालले बताए  ।

    काठको सिलिङ गरिएको कोठामा कार्पेट बिछ्याएर सानानानीहरुका लागि आकार मिल्ने टि टेबलको व्यवस्था गरिएको छ । एउटा टि टेबलमा चार जना नानीहरु बस्ने व्यवस्था गरिएको छ । प्रअ हमालका अनुसार ती टेबलमा नानीहरुलाई आर्कषित गर्ने रङ्गिन शैक्षिक सामग्री राखिएको छ ।

    नानीहरुले इच्छा अनुसार ती सामग्री हेर्ने र पढ्ने गर्छन् । त्यति मात्र होईन कक्षा कोठाका भित्ताहरुमा नेपाली र अंग्रेजी अक्षर चिन्ह सकिने पोष्टरहरु पनि टाँगिएका छन् । जसबाट पनि नानीहरुले अध्ययन गर्ने मौका पाउँछन् ।

    कक्षाको एउटा साईटमा र्याग बनाएर रङ्गिन शैक्षिक सामग्रीहरु पनि राखिएका छन् । जसलाई नानीहरुले आफ्नो इच्छा अनुसार हेर्ने गर्छन् । त्यसै गरि अडियो भिडियोबाट अध्ययन गराउने व्यवस्था पनि विद्यालयले गरेको छ । त्यस्तै टेलिभिजनबाट शैक्षिक सामाग्री प्रस्ुतत गर्ने गरिन्छ । दिउँसो एक बजे खाजाको व्यवस्था पनि कक्षा मै गरिन्छ । चालीस जना नानीहरु भएपछि विद्यालयले दुुईवटा बाल विकासका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

    तस्वीर : राजन रावत/ भक्तपुर पोस्ट 

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...