News Portal

  • शिक्षा मन्त्रालयको निर्देशन अवज्ञा गर्दैै स्थानीय तह

    भक्तपुरपोष्ट संवाददाता२५ फागुन २०७६
    ११८० पटक
    २५ फागुन २०७६

    काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशनलाई स्थानीयतहहरुले अवज्ञा गरेका छन् ।

    शिक्षा मन्त्रालयले चैत ५ गते भित्र कक्षा ९ सम्मको परीक्षा सम्पन्न गर्न  निर्देशन दिएपनि स्थानीय तहहरुबाट त्यसको अवज्ञा भएका छन् ।

    रामेछापको उमाकुण्ड गाउँपालिकाले सरकारी निर्देशनको अवज्ञा गर्दै कक्षा ९ सम्मको परीक्षा चैत ६ गतेदेखि १४ गतेसम्म सञ्चालन गर्ने स्पष्ट पारेको छ ।
    गाउँपालिकाले फागुन २१ गते सूचना जारी गर्दै परीक्षाको आवश्यक तयारी अपुग भएकोले कक्षा ८ को परीक्षा र वार्षिक परीक्षा निर्धारित समय अनुसार नै संचालन हुने जनाएको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  फागुन २० गतेको सूचना जारी गर्दै  विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमण र सन्त्रास बढ्दै गएकोले आवश्यक सतर्कता अपनाउन चैत्र ५ गते भित्र वार्षिक परीक्षा सम्पन्न गर्न निर्देशन दिएको थियो ।

    गाउँपालिकाको विद्यालयस्तरीय परीक्षा समितिले फागुन १९ गते चैत ६ देखि १४ गते सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

    गाउँपालिकाका प्रशासकीय अधिकृत ईश्वरीप्रसाद सुवेदीले शिक्षा मन्त्रालयको परिपत्रअनुसार परीक्षा अगाडि सार्न आवश्यक तयारीको समय अभाव हुने भएकाले पूर्वनिर्धारित मितिमा नै परीक्षा सञ्चालन गरिने जानकारी दिए ।

    यस्तै,  गाउँपालिकाले  हालको अवस्थामा विद्यालयमा सभा, समारोह, वार्षिक उत्सव लगायतका जनभेला हुने प्रकृतिका कार्यक्रहरुको आयोजना नगर्न नगराउनसम्पूर्ण विद्यालयहरुसँग  अनुरोध गरेको छ ।

    यस्तै,  एकीकृत विद्यालयस्तरीय परीक्षा समिति दोलखाले पनि शिक्षा मन्त्रालयको निर्देशन अवज्ञा गर्दै चैत ९ गते परीक्षा सम्पन्न गर्ने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...