News Portal

  • अन्ततः विद्यालय बन्द गर्ने धनगढी उपमहानगरको निर्णय उल्टियो

    इभक्तपुर संवाददाता२५ फागुन २०७६
    ९०७ पटक
    २५ फागुन २०७६

     

    काठमाडौं । चौतर्फी विरोध भएपछि धनगढी उपमहानगरपालिकाले अनिश्चितकालसम्म विद्यालय बन्द गर्ने निर्णय उल्टाएको छ । गएको शुक्रबार एक विज्ञप्ति जारी गर्दै धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन भन्दै  आइतबारदेखि अनिश्चितकालका लागि विद्यालय विदा दिन निर्देशन दिएको थियो ।

    कोरोना भाइरसको त्रास बढेको भन्दै सुरक्षित रहन बिदा दिइएको विज्ञप्तिमा उल्लेख थियो । यता, शिक्षा मन्त्रालयले भने विद्यालय विदा दिनुपर्ने अवस्था नरहेको भन्दै विज्ञप्ति जारी गरेको थियो ।

    सङ्घीय सरकारको शिक्षा मन्त्रालयले यसअघि नै चैत ५ गतेभित्र परीक्षा सम्पन्न गर्न निर्देशन दिएको थियो । तर धनगढीले परीक्षा समेत स्थगित गरेर विदा दिने निर्णय गरेपछि आलोचना भएको थियो ।

    शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्नुपर्ने अवस्था नरहेको भनिरहेको बेला एक्कासी मेयर नृपबहादुर वडले शुक्रबार विज्ञप्ति जारी गर्दै धनगढी उपमहानगरमा आइतबारदेखि विद्यालय विदा दिन निर्देशन दिएपछि यस निर्णयको चौतर्फी आलोचना भएको थियो ।

    लगत्तै उपमहानगरले शनिबार उक्त निर्णय उल्टाएको छ । मेयर वडले पुनः विज्ञप्ति जारी गर्दै विद्यालय बन्द नगर्न र फागुन २८ देखि परीक्षा सुरु गर्न निर्देशन दिएका छन् ।

    उपमहानगरपालिकामा बसेको सारोकारवालाहरुको बैठकले सङ्घीय सरकारको परिपत्र अनुसार फागुन २८ देखि परीक्षा सुरु गर्ने निर्णय गरेको हो ।

    ‘कक्षा १–९ सम्मको वाषिर्क परीक्षा सङ्घीय सरकारले तोकेको मितिमा हुने भएको छ’ उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत महादेश जोशीले भने, अब त्यहीअनुसार शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई जानकारी गराइएको छ ।’

    धनगढी उपमहानगरपालिका भित्र १०७ निजी र ७३ सामुदायिक विद्यालय छन् ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...