News Portal

  • प्रधानमन्त्री ओलीलाई सामान्य व्यक्तिजस्तै पूर्ण सक्रिय हुन ६ महिना लाग्न सक्छ- चिकित्सक

    भक्तपुरपोष्ट संवाददाता२७ फागुन २०७६
    ८५३ पटक
    २७ फागुन २०७६

    काठमाडौं । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका गरेका प्रधानमन्त्री ओलीलाई सामान्य मानिसजस्तै हिँडडुल गर्न अझै कम्तिमा पनि ६ महिना लाग्न सक्ने चिकित्सकहरुले जनाएका छन् । प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी डा. दिव्या सिंहका अनुसार पूर्ण रुपमा संक्रमण मुक्त हुन तथा सामान्य मानिसजस्तै हिँडडुल गर्न प्रधानमन्त्रीलाई ६ महिना वा वर्षदिन लाग्न सक्छ ।

    प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन मंगलबार त्रिवि शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. ‘ सिंहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा एकदमै राम्रो सुधार भइरहेको बताउँदै अबको दुई–तीन दिनभित्र प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरिने जानकारी दिइन् ।

    ‘औषधिको डोजहरु बढी भएका कारण अहिले उहाँलाई संक्रमणको डर रहन सक्छ ।उहाँले पहिला पनि मिर्गौलाको प्रत्यारोपण गरेको र उहाँको परिवारलाई पनि यससम्बन्धी ज्ञान भएको हुनाले त्यति संकट नआउला । तैपनि अहिले पूरै पब्लिकमा गएर, भिडभाडमा जान हामीले सल्लाह दिँदैनौं,’ डा सिंहले भनिन्, ‘उहाँले आफ्ना दैनिक कार्यहरु आफ्नो अफिसबाट, सचिवालयबाट गर्न सक्नुहुन्छ । खास गरेर रुघाखोकी लागेका र अरु संक्रमण भएका मानिसबाट जोगिनुपर्ने हुन्छ । एकदमै सक्रिय भएर सामान्य मानिसले जस्तै काम गर्न उहाँलाई अझै वर्षदिन, ६ महिना लाग्न सक्छ ।’

    डा. सिंहले प्रधानमन्त्री ओली डिस्चार्जका लागि तयार भइसकेपनि पारिवारिक सदस्यहरुको आग्रह र संक्रमण हुने खतरा अझै रहेका कारण अस्पतालमै राखिएको बताइन् ।‘प्रधानमन्त्रीको शरीरमा रक्तचाप, सुगर, क्रियाटिनिन राम्रो अवस्थामा रहेको जानकरी छ उहाँले अब रुघाखोकी र अन्य संक्रमणबाट जोगिन पर्छ’, उनले भनिन्, ‘६ महिनापछि प्रधानमन्त्रीले सामान्य मानिस जस्तै काम गर्न सक्नु हुन्छ ।’

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...