News Portal

  • अनेरास्ववियूको ५१ सदस्यीय भक्तपुर बहुमुखी क्याम्पस कमिटी सार्वजनिक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ फागुन
    २३३० पटक
    भक्तपुर, २९ फागुन

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को भक्तपुर बहुमुखी क्याम्पस कमिटीले पूर्णता पाएको छ ।

    अनेरास्ववियूले ५१ सदस्यीय भक्तपुर बहुमुखी क्याम्पस कमिटी गठन गरेको हो । यस अघि आइतवार उक्त संगठनको जिल्ला नेतृत्वले भक्तपुर क्याम्पस कमिटी संयोजकमा दिपक बहादुर बिष्ट र सह संयोजक कृष्ण रानाभाटलाई चयन गर्दै ५१ सदस्यीय क्याम्पस कमिटी बिस्तार गर्न म्यान्डेट दिएको थियो । बुधवार अनेरास्ववियू जिल्ला संयोजक सुवास तिमिल्सिना र सह संयोजक बिराज थापा सहित भक्तपुर क्याम्पस कमिटी संयोजक दिपक बहादुर बिष्ट र सह संयोजक कृष्ण रानाभाटको बैठकले कमिटी लाई पूर्णता दिएको बताइएको छ ।

    अनेरास्ववियूको ५१ सदस्यीय भक्तपुर क्याम्पस कमिटीमा तत्कालीन अनेरास्ववियुबाट २७ जना र अनेरास्ववियू(क्रान्तिकारी) बाट २६ जना चयन भएका छन् ।

    हेर्नुस् अनेरास्ववियूको ५१ सदस्यीय भक्तपुर बहुमुखी क्याम्पस कमिटी

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...