News Portal

  • विषाक्त मदिरा सेवनबाट धनुषामा५ जनाकाे मृत्यु

    भक्तपुरपोष्ट संवाददाता३० फागुन २०७६
    ८१० पटक
    ३० फागुन २०७६

    जनकपुरधाम । घरेलु विषाक्त मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु भएको छ । क्षीरेश्‍वरनाथ नगरपालिकाको रमदैयामा घरेलु मदिरा सेवन गर्ने ५ जनाको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले आफूहरुलाई मृत्यु भएको खबर आए पनि पुष्टि नभएको बताए। मदिरा सेवन गरेका अन्य २ जनाको अवस्था चिन्ताजनक रहेको छ।

    मदिरा सेवनले गुदरी महरा, ब्रम्हदेव यादव, रामनरायण महरा र रामविलास महराको मृत्यु भएको हो । मृतकमध्ये एक जनाको नाम खुल्न सकेको छैन ।

    मदिरा सेवन गरेका रमदैयाका शत्रुधन मण्डल र रामइश्वर महराको अवस्था चिन्ताजनक छ। दुवै जनाको जानकी मेडिकल शिक्षण अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...