News Portal

  • धनुषामा विषाक्त मदिरा सेवनबाट थप ३ को मृत्यु, मृत्यु हुनेको संख्या ८ पुग्यो

    भक्तपुरपोष्ट संवाददाता १ चैत २०७६
    ६०७ पटक
    १ चैत २०७६

    जनकपुरधाम । धनुषामा विषाक्त घरेलु मदिराको सेवनबाट थप तीनको मुत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८ पुगेको छ । मदिरा सेवनबाट सिकिस्त बिरामी परेका २ जनाको र शुक्रबार मदिरा सेवन गरेका थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

    क्षीरेश्वनाथ नगरपालिका–२ रमदैयामा विषाक्त मदिरा सेवनबाट सिकिस्त बिरामी भएर जानकी मेडकल कलेज शिक्षण अस्पताल जनकपुरमा उपचार गराइरहेका सत्रुधन मण्डल, धरानमा उपचारको क्रममा ईन्द्रजीत सदाको उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको अस्पताल जनाएको छ। शुक्रबार मदिरा सेवन गरेका स्थानीय श्रीदेव भन्ने मोसराम यादवको समेत मृत्यु भएको प्रहरीले जनाएको छ।

    यसअघि विषाक्त मदिरा सेवनबाट क्षीरेश्वनाथ नगरपालिका–१ रमदैयाका ३५ वर्षीय ब्रमहेव यादव, ४० वर्षीय रामविलास मण्डल, ६५ वर्षीय गुदरी महरा, क्षीरेश्वनाथ नगरपालिका–२ रमदैयाका ३६ वर्षीय रामनरायण महरा र भारत घर भइ रमदैया बस्दै आएका ३० वर्षीय राजु महराको मृत्यु भएको थियो।

    मदिरा सेवनले सिकिस्त रामेश्वर महराको जानकी मेडिकल शिक्षण अस्पताल जनकपुरमा उपचार भइरहेको छ। बुधबार बिहान १० बजे विषाक्त मदिरा सेवन गर्नेहरुको स्वास्थ्यमा साँझदेखि समस्या आएको थियो। विषाक्त मदिरा सेवनले एउटै बस्तीमा ९ जनाको मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...