News Portal

  • प्रसूति र किरिया बिदा बाहेक अन्य बिदा स्वीकृत नगर्न परिपत्र

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ चैत
    २९०० पटक
    भक्तपुर, १ चैत

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको बिदा कटौती भएको जनाएको छ । नेपालमा कोरोना भाइरस (कोभेड १९) को संक्रमण खतरालाई मध्यनजर गर्दै मन्त्रालयले अत्यावस्यक बाहेक बिदा बस्न नपाउने बताएको हो ।

    शुक्रवार सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई परिपत्र नै गरेर मन्त्रालयले स्वास्थ्यकर्मीको अत्यावश्यक बाहेक बिदा स्वीकृत नगर्न निर्देशन जारी गरेको छ । अर्को आदेश नभएसम्म स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको बिदा स्वीकृत नगर्न परिपत्र जारी गरिएको हो। परिपत्रमा कोरोना भाइरस संक्रमण रोकथाममा सर्तकता अपनाउनुपर्ने कारण देखाउदै बिदा नदिने निर्देशन दिइएको छ ।

    मन्त्रालयले प्रसूति बिदा, किरिया बिदा लाई भने रोकेको छैन । प्रसूति र किरिया बिदाबाहेक अन्य बिदा स्वीकृत नगर्न कडा निर्देशन दिइएको छ । बिदा स्वीकृत गर्नैपर्ने भए वैकल्पिक व्यक्तिको व्यवस्था गरेर मात्र स्वीकृत गर्नपर्ने परिपत्रमा प्रष्ट उल्लेख छ ।

    अत्यावस्यक बाहेक स्वास्थ्यकर्मीलाई बिदा नदिने सचिव स्तरीय निर्णय बमोजिम परिपत्र गरिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...