News Portal

  • सर्लाहीका डेढ वर्षिय बालकको मिनी टिपरको ठक्करबाट भक्तपुरमा मृत्यु

    भक्तपुरपोस्ट संवाददाता १ चैत २०७६
    ११९५ पटक
    १ चैत २०७६

    भक्तपुरमा एकाबिहानै मिनी टिपरको ठक्कर बाट एक डेढ वर्षिय बालकको ज्यान गएको छ । इट्टा भट्टामा कामगर्ने मजदुरका डेढ वर्षिय छोराको मिनी टिपरको ठक्करबाट ज्यान गएको हो ।

    बिहान करिब ८ बजेको समयमा भक्तपुरको चागुँनारायण ९ स्थित जय ब्रम्हायणी ईट्टाभट्टामा उक्त दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ । उक्त भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नं.को मिनी टिपरले सोही ईट्टाभट्टामा काम गर्ने सर्लाही जिरायल घर भएका १९ वर्षिय ईश्वर मोक्तानको नाबालक छोरा लाई ठक्कर दिदा ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दिपक गिरीले जानकारी दिए ।

    गिरीका अनुसार १८ महिने शिशु शिशिर मोक्तानलाई ठक्कर दिई घाईते भएको जानकारी पाएपछि प्रहरी वृत्त जगाती बाट तुरुन्तै प्रहरी घटनास्थल पुगेका थिए । घाइते शिशुलाई ठिमीस्थित मध्यपुर अस्पताल पुर्यााउने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।

    दुर्घटना गराउने सवारी साधन र सवारी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । टिपर र चालक च्यामासिंह बस्ने बर्ष ४० को श्याम फैजुलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त जगातीमा राखिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान कार्य भईरहेको परिसरका डीएसपी दिपक गिरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...