News Portal

  • सीटीईभीटीमा पाँच पदमा ९३३ को आवेदन

    भक्तपुरपोष्ट संवाददाता१ चैत २०७६
    ११३७ पटक
    १ चैत २०७६

    भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले पाँच जना कृषि प्रशिक्षण सहायक माग गरेको विज्ञापनमा ९ सय ३३ जनाले आवेदन दिएका छन् ।

    सीटीइभीटीले पहिलो पटक अनलाइन प्रणालीबाट आवेदन फारम दिन सकिने व्यवस्था गरेपछि यति धेरैले आवेदन दिएका हुन् । पदपूर्ति समिति सचिवालयका शाखा अधिकृत बद्रीप्रसाद दाहालका अनुसार कृषि प्रशिक्षण सहायक (प्राविधिक खरिदार) मा सबैभन्दा धेरै आवेदन परेको हो ।

    प्रशासन सेवा तर्फका सहायक स्तर प्रथम श्रेणी प्रशासकीय सहायक (नायब सुब्बा) ११ पदका लागि एक हजार ७ सय २२ जनाले आवेदन दिएका छन् । खरिदार कार्यालय सहायक ६ पदको लागि ८ सय ३८ जनाको आवेदन भरेको दाहालले बताए । अधिकृतस्तर तृतीय श्रेणी प्राविधिक सिभिल इन्जिनियर १२ पदको लागि पाँच सय चार जनाले आवेदन दिएका छन् ।

    अनलाइनबाट फारम भर्न मिल्ने व्यवस्था गरेपछि १ सय ३५ पदमा ७ हजार ६ सय ६५ जनाले आवेदन दिएका छन् । सीटीइभीटीले स्थायी रुपमा कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरेको थियो । दाहालका अनुसार जेष्ठताबाट हुने बढुवामा ५२, कार्य सम्पादन मूल्यांकनबाट हुने बढुवाका लागि २४, आन्तरिक प्रतियोगितातर्फ १४ र खुला प्रतियोगितातर्फ १३५ गरी २ सय २५ वटा पदका लागि विज्ञापन भएको थियो । खुला पदको लागि इ-सेवा र खल्ती सेवामार्फत पैसा बुझाउने व्यवस्था गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...