News Portal

  • विश्वब्यापी संक्रमण नियन्त्रण गर्न सुरु भयो सार्क भिडियो कन्फरेन्स

    ८८३ पटक

    काठमाडौँ, २ चैत । कोरोना भाइरसको विश्वब्यापी संक्रमणबाट उत्पन्न जोखिमलाई नियन्त्रण गर्न आयोजना हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको भिडियो कन्फेरेन्समा भाग लिन प्रधानमन्त्री केपी ओली सिंहदरबारस्थित  कार्यालय पुगेका छन्।

    सार्कका सबै सदस्यहरु सहभागी हुने यो कन्फरेन्समा भाग लिन ओली आईपुगेका हुन्। सार्क सदस्यहरु एकजुट हुनुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावपछि आइतबार साँझ भिडियो कन्फेरेन्समार्फत सबै सदस्यहरु साझा रणनीति बनाउँदै छन्।

    मोदीले शनिबार साँझ सार्क एकजुट हुनुपर्ने धारणा सामाजिक सन्जालमार्फत राखेलगत्तै सबै सदस्यले यसमा चासो देखाएका थिए। मृगौला प्रत्यारोपणपछि आराम गरिरहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मोदीको प्रस्तावमा समर्थन गरेका थिए। लगत्तै सार्कका सबै सदस्यका कार्यकारी प्रमुखहरु भिडियो कन्फ्रेरेन्समार्फत साझा रणनीति बनाउन तयार भएका हुन्।

    प्रतिकृया दिनुहोस्

    रहेनन् जातीय तथा भाषिक अधिकार आन्दोलनका अगुवा साहित्यकार शाक्य

    नेपाल भाषाका प्रसिद्ध कवि एवं भक्तपुरका पुराना बामपन्थी नेता त्रिरत्न शाक्यको निधन भएको छ ।...

    हाजिरीजवाफ प्रतियोगितामा मदरल्याण्ड प्रथम

    नेसनल प्याब्सन भक्तपुर अन्तर्गत अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । सिरिन केन स्कुलको...

    जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता गर्दै राष्ट्रको लागि दुई घन्टा अभियान

    राष्ट्रको लागि दुई घन्टा अभियानले भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ...

    दिब्यश्वरी प्लानिङको दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको निधन

    भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ...

    नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ

    त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका...