News Portal

  • विद्यार्थीलाई घर बाहिर ननिस्कन शिक्षा मन्त्रीको अपिल : हेर्नुस् मन्त्रीको अपिल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ चैत
    १६६९ पटक
    भक्तपुर, ४ चैत

    सरकारले कक्षा ९ सम्मका करिब ७० लाख विद्यार्थीलाई चैत छ गतेदेखि घर बाहिर ननिस्कन अपिल गरेको छ । सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यस्तो अपिल गरेका हुन् ।

    मन्त्रालयले यस अघि चैत पाँच गते सम्म कक्षा ९ सम्मको परीक्षा सकौं निर्देशन दिएको थियो । परीक्षा सकिएपछि  शैक्षिक सत्र शुरु नहुन्जेल सम्म करीव तीनहप्ता देशभरका करीव ७० लाख विद्यालय जाने उमेरका बालबालिकहरुलाई घर वाहिर नजान एवम् यो अवधिमा मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखि विद्यालयमा साँस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न समेत शिक्षा मन्त्रालयले अनुरोध गरेको छ ।

    चैत छ गते बाट शुरु हुने कक्षा १० को एसईई परीक्षा भने यथावत संचालन गरिने बताइएको छ । विद्यार्थीहरुलाई परीक्षाकेन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रवन्धका लागि ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरी सकिएकोसमेत शिक्षामन्त्री पोखरेलले जनाएका छन् ।

    शिक्षा मन्त्री पोखरेलले विद्यार्थीको स्वास्थ्य सुरक्षा र बचावट सरकारकोे पहिलो प्राथमिकता भएको र संकटापन्न अवस्थामा पनि बालबालिकाको पढ्न पाउने हक अधिकार सुरक्षित हुनु पर्दछ भन्ने विषयमा सरकार गम्भिर रहेको स्पष्ट पारेका छन् ।

    विद्यार्थीहरूलाई साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान पनि आग्रह गरिएको छ ।त्यसैगरी शिक्षा मन्त्री पोखरेलले कोरोना भाइरस (कोभिड(१९) विश्वव्यापि रुपमा संक्रमित भइरहेको वर्तमान अवस्थामा उच्च स्तरीय अनुगमन समितिले ३० अप्रिल २०२० सम्मका लागि संक्रमण फैलिएका देशहरुमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि नो अब्जेकशन लेटर जारी नगर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

    हेर्नुस् मन्त्रीको अपिल

    प्रतिकृया दिनुहोस्

    मजदुर नेता मिलनलाई मातृशोक

    नेकपा (माओवादी केन्द्र) भक्तपुरका नेता एवं अखिल नेपाल ट्रेड युनियन महासंघको बागमति प्रदेश अध्यक्ष सत्यमान...

    केएमसीमा मध्यपुर थिमि-७ का बासिन्दालाई दुईदिन निशुल्क स्वास्थ्य सेवा

    काठमाडौ मेडिकल कलेजले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ७ का बासिन्दालाई लक्षित गरि निशुल्क स्वास्थ्य...

    कार्यसम्पादन मूल्यांकनमा मध्यपुर थिमिले पछि पार्यो जिल्लाका अरु पालिका

    कार्यसम्पादन मूल्यांकनको आधारमा भक्तपुरका ४ स्थानीय तहमध्ये मध्यपुर थिमि नगरपालिका सर्वोत्कृष्ट सावित भएको छ ।...

    स्व-मूल्यांकन गर्दा चाँगुनारायण नगरपालिका जिल्ला प्रथम

    स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा चाँगुनारायण नगरपालिका भक्तपुर जिल्लामा सर्वोत्कृष्ट भएको छ । जिल्लाका...

    चाँगुनारायणमा निशान गाडीको ठक्करबाट महिलाको निधन

    भक्तपुरको चाँगुनारायण- ३ कल्पकोट ओरालोमा निशान गाडीले पैदलयात्रीको ज्यान लिएको छ । व्यासीबाट झौखेल तर्फ...