News Portal

  • पूर्व शिक्षामन्त्री चित्रलेखामाथि यौनहिँसा संग जोडिएको गम्भीर आरोप

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ चैत
    १६४६ पटक
    भक्तपुर, ५ चैत

    पूर्व शिक्षामन्त्रीसमेत रहेकी सांसद एवं नेपाली कांग्रेस नेत्री चित्रलेखा यादवमाथि गम्भीर आरोप लागेको छ । आफ्नी बुहारीलाई आफ्नै पतिले यौनहिंसा गर्दा समेत नरोकेको उल्टै उकासेको उनीमाथि गम्भीर आरोप लागेको हो ।

    नेपाली काँग्रेसमा शेरबहादुर देउवा निकट नेत्री यादव पूर्व उपसभामुख समेत हुन् । भद्र र शालीन व्यक्तित्व भएकी देखिने उनलाई यस्तो गम्भीर आरोप अरु कसैले नभएर उनकै बुहारी स्वयम्ले लगाएकी हुन् ।

    चित्रलेखाकी बुहारी रानी यादवले सामाजिक संजालमार्फत यो खुलासा गरेकी छन् कि उनी ससुरा डा श्रीकृष्ण यादवको यौन हिँसामा परेकी छन् तर त्यो थाहाँ पाएर पनि चित्रलेखा र उनका परिवारले उनीमाथि न्याय दिएनन । उनले यौन हिँसाको आरोप लगाएकी ससुरा डा श्रीकृष्ण यादवको पहिचान चित्रलेखाको श्रीमान् सम्ममा सिमित छैन । उनी अंग्रेजीका पिएचडी हुन् भने संबैधानिक आयोगको रुपमा रहेको लोक सेवा आयोगका पूर्व सदस्य समेत हुन् ।

    चित्रलेखा र डा श्रीकृष्ण यादवका एक्लो छोराको रानी श्रीमती हुन् । चित्रलेखाले देउवा नेतृत्वको सरकारमा आफू शिक्षा मन्त्री रहँदा बडो तामझामले छोराको बिहे गरी रानीलाई बुहारीको रुपमा भित्राएकी थिइन् । हामीले त्यसबखत चित्रलेखाले शक्तिको दुरुपयोग गर्दै सानोठिमीस्थित तत्कालिन उच्च माध्यमिक शिक्षा परिषदका गाडीहरु बिहेमा प्रयोग गरेको समाचार समेत प्रकाशित गरेका थियौं ।

    रानीका श्रीमान् भने अमेरिकामा बस्छन । उनी त्यहाँ सामान्य काम गरेर बसिरहेको यादव परिवारको निकट श्रोतले जनाएको छ । छोरा अमेरिका हुनुको फाइदा उठाउदै ससुराले यौन हिँसा गरेको रानीले जिकिर गरेकी छन् । आफूलाई यौन शोषण गरेको नपत्याउनेलाई रानीले प्रश्न गरेकी छन्, बुहारीलाई आफूसँग होटलको बन्द कोठामा ढोका लक गरेर २ घन्टासम्म कुन थकान मेटाउनका लागि राख्छन्, शारीरिक, सामाजिक वा मानसिक ?

    पूर्व शिक्षामन्त्री समेत रहेकी चित्रलेखाले भने रानीको आरोप आफू र आफ्नो श्रीमानको चरीत्र हत्या गर्ने उदेश्यबाट आएको बताएकी छन । रानी अर्कै केटासंग पोइल गएकी र उल्टै आफूहरुकै बद्नाम गराउन नचाहिँदो आरोप लगाएकी उनको दावी छ ।

    यादव परिवार निकट श्रोतका अनुसार भने रानीका श्रीमानले उनलाई अमेरिका लैजान नसक्नु नै यो परिवार कलहको कारण हो । करिब चार वर्षे छोरा समेत भएकी रानी श्रीमान संग बस्न नपाउदा दुखी थिइन् । उनको दुख बुझ्नुको साटो बुहारी प्रेम सम्बन्धमा परेको भन्दै छोरा बुहारीमा फाटो ल्याउन यादव दम्पतीले भूमिका खेलेका कारण रानी उनीहरुदेखी असन्तुष्ट रहेको श्रोतको दावी छ । डा श्रीकृष्ण यादवको चरीत्रबारे यस अघि कसैसंग यौनको विषयमा जोडिएको थाहाँ नपाएकोले रानीको आरोप पत्याइहाल्ने अवस्था भने नरहेको श्रोतको भनाइ छ । ”यद्यपी रानीको आरोपमाथि छानवीन हुनुपर्दछ ।” श्रोतले भन्यो । उनीहरुबीचको सम्पतिको विषय पनि आरोप पत्यारोपको कारण हुनसक्ने आसंका गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...