News Portal

  • एसईईको प्रवेश पत्र दिंदा घुस लिने प्रधानाध्यापक पक्राउ

    भक्तपुरपोष्ट संवाददाताजनकपुरधाम, ५ चैत
    ११५६ पटक
    जनकपुरधाम, ५ चैत

    माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रवेश पत्र दिंदा घुस लिने एक प्रधानाध्यापक पक्राउ परेका छन् । अख्तियारको विशेष टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा महेन्द्र महतो रहेका छन् । उनी धनुषाको मिथिला नगरपालिका -२ नक्टाझिज स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् ।

    बिहीबारदेखि शुरु हुन लागेको एसईई परीक्षाको प्रवेश पत्र उपलब्ध गराउन एक परीक्षार्थीबाट २ हजार रुपैयाँ घुस लिंदालिंदै प्रअ पक्राउ परेका बताइएको छ । घुस लिँदै गर्दा उनलाई बुधवार विद्यालय बाटै पक्राउ गरिएको हो ।

    परीक्षाको फारम अघि नभरेको बहानामा प्रवेश पत्र उपलब्ध गराउन घुस लिँदै गर्दा उनलाई बर्दिबासस्थित क्षेत्रीय कार्यालय बाट खटि गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग को टोलीले पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भैरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...