News Portal

  • एसईई स्थगनपछि भट्टराईको भविष्यवाणी : काजीगुटले माओवादी सिध्यायो अब नेकपा सिध्याउँछ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,६ चैत
    १४४८ पटक
    भक्तपुर,६ चैत

    पूर्व प्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि आक्रामक अभिव्यक्ति दिएका छन् । बिहीवार शुरु हुने परीक्षा बुधबार स्थगन गरिएपछि उनले आक्रामक अभिव्यक्ति दिएका हुन् ।

    बिहीवार सामाजिक संजालमा आफ्नो धारणा व्यक्त गर्दै उनले सरकारको निर्णयलाई नेता नारायणकाजी श्रेष्ठसंग जोडेर रीस पोखेका छन् । उनले नारायणकाजी गुटका कारण विद्यार्थी र अभिभावक अनावश्यक तनावमा आएको आरोप लगाए । राणाकालका श्री ३ महाराज भन्दा ब्यक्तिबादी हठ शिक्षा मन्त्रीमा देखिएको उनको जिकिर छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल नारायणकाजी खेमाका हुन् । तत्कालिन नेकपा(माओबादी) शान्ति प्रक्रियामा आएपछि नारायणकाजी नेतृत्वको पार्टी एकतामा आएको थियो । उक्त पार्टीका पूर्व उपाध्यक्ष समेत रहेका डा भट्टराइले नारायणकाजीले उक्त पार्टी सिध्याएको समेत दावी गरे ।

    गत निर्वाचनमा नारायणकाजीलाई गोरखा बाट पराजित गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएका डा भट्टराइको रीस यत्तिमै सकिएको छैन । उनले नारायणकाजी गुटका कारण अब नेकपा पनि सकिने ज्योतिष शैलीमै भविष्यवाणी गरेका छन् । माओवादी केन्द्र सिध्याएका काजी गुटले अब सत्तारुढ नेकपालाई पनि सिध्याउने उनको भनाइ छ ।

    ढाड दुख्ने समस्याका कारण पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएका छन् ।अस्पताल बाटै उनले नारायणकाजी श्रेष्ठ माथि आक्रोश पोखेका हुन् । श्रेष्ठ सतारुढ़ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सचिवालय सदस्य एवं पार्टी प्रवक्ता समेत हुन् ।

    सामाजिक संजाल ट्विटरमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले लेखेका छन्, ”उहिलेका श्री३ले अहिलेका श्री३झैं अघिल्लो दिन हैन केही दिन पहिल्यै परी़क्षा रोके होलान्!यति कुरो केही दिन अघि गरेको भए विद्यार्थी/अभिभावक कति तनावमुक्त हुन्थे?कति खर्च बच्थ्यो?यो काजी गुटको काम सधैं शिक्षा वा स्वास्थ्य मन्त्रालय लिने;गुट चलाउने हो!माके सिध्यायो!अब नेकपा सिध्याउँछ! ”

    उनले मन्त्री गिरिराजमणि पोखरेललाई पनि मन्त्रालय चलाउने भन्दा सधैं शिक्षा वा स्वास्थ्य मन्त्रालय लिने र गुट चलाउने गम्भीर आरोप लगाएका छन् ।

    यस सम्बन्धमा मन्त्री गिरिराजमणि पोखरेलका सल्लाहकार जीवन गौतमले भने विश्वव्यापी महामारीको सन्दर्भमा सरकारले गरेको निर्णयलाई प्रतिशोधको भावनाले हेर्ने डा भट्टराईको भनाइ बौद्धिक दरिद्रताको पराकाष्टा भएको प्रतिक्रिया दिएका छन् ।”डाक्टर साबको भनाइ उहाँको प्रतिशोधको राजनीति र बौद्धिक दरिद्रताबाहेक केहि पनि होइन ।” भक्तपुर पोस्टसंग गौतमले भने ।

    सोमबार प्रदेशका सामाजिक बिकाश मन्त्रीहरुले समेत एसईई रोक्नु आवश्यक नरहेको भनेपछि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । तर,एक्कासी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । उक्त समितिमा शिक्षा मन्त्री पोखरेल पनि सदस्य हुन् ।

    यस वर्षको एसईईमा ४ लाख ८२ हजार परीक्षार्थी परीक्षाको पर्खाइमा छन् तर, परीक्षा अनिश्चितकालका लागि सारिएको छ ।

    प्रतिकृया दिनुहोस्

    १२ वर्षदेखि बन्द नगदेशको पुलु:किसि जात्रा सम्पन्न

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा धार्मिक-ऐतिहासिक पुलु:किसि जात्रा सम्पन्न भएको छ । बाह्र वर्षदेखि बन्द...

    भक्तपुरबाट तीर्थयात्रामा निस्केको बस नौबिसेमा दुर्घटना : एकको निधन, दुई दर्जन घाइते

    भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी एकजनाको घटनास्थलमै ज्यान...

    डीपी ढकालको पुस्तकमाथि बौद्धिक नेताहरूबीच बहस

    काठमाडौ । नेपाल संवैधानिक रूपमै समाजवाद उन्मुख भएपनि समाजवादको स्पष्ट बाटो बन्न नसकेको नेता एवं...

    बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई साढे दुई वर्ष कैद सजाय

    खोटाङ, २५ माघ २०८१ । बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई अदालतले साढे २ वर्ष...

    उपत्यकाको पत्रकारलाई पनि मिडिया विकास कोषमा सामेल गराउन पत्रकार महासंघको माग

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रेस काउन्सिल नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश...